back
CTIZAN AD

रुकुम पश्चिममा महालक्ष्मी लाईफको महिला सशक्तिकरण कार्यक्रम

वि.सं.२०७९ पुस १३ बुधवार

786 

shares

काठमाडौं । रुकुम पश्चिमको मुसिकोटमा महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रमको शुभारम्भ गरेको छ ।

महिलालाई रोजगारी र समृद्धिको मुल नारा दिई संचालन भएको कार्यक्रमको उद्घाटन महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गरेका थिए ।

उक्त कार्यक्रम पुस ११ गते लक्ष्मी केसीको अध्यक्षतामा सम्पन्न शुभारम्भ र तालिम कार्यक्रममा विभिन्न पालिकाका जनप्रतिनिधि, महिला तथा अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै कार्यकारी प्रमुख भट्टराईले समाजमा पिछडिएका र अवसर नपाएका महिलाहरुलाई रोजगारी दिई आय आर्जनको लागि यो कार्यक्रम अवसरको रुपमा रहेको बताए ।

कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत प्रशान्तराज धमला र बजार प्रबन्धक यमलाल न्यौपानेले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै मुलुकको आर्थिक रुपान्तरणको लागि यो कार्यक्रम कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । रुकुम पश्चिम जिल्ला समन्वय समितिका संयोजक लुम्बिनी गौतमले रुकुम जस्तो दुर्गम क्षेत्र राजनैतिक चेतना र सुविधाको हिसावले विकसित भैसकेको भएता पनि महिलाको आर्थिक उन्नतीको लागि महालक्ष्मी लाईफको कार्यक्रम निकै नै प्रभावकारी हुने जानकारी दिए ।

कार्यक्रममा सानी भेरी गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष शेर बहादुर खड्काले महिला सशक्तिकरणको लागि सरकार र गाउँपालिकाले पनि बजेट छुट्याएकोले महिलाहरुको रोजगारी र आय बृद्धिको लागि संचालित यस्ता कार्यक्रममा महालक्ष्मी लाईफ सँग सहकार्य गरेर जान तैयार रहेको जानकारी दिए ।

महालक्ष्मी लाईफको रुकुम पश्चिम मुसिकोटका प्रमुख व्यूँझना पुन देवकोटाले संचालन गरेको कार्यक्रममा सानीभेरी गाउँपालिका पूर्व उपाध्यक्ष इन्दिरा ओलि, वडा नं ३ का वडा अध्यक्ष जगदीश नकाल, पत्रकारहरु, स्थानीय जनप्रतिनिधिहरु समेत ६० जनाको उपस्थिति रहेको थियो ।

वि.सं.२०७९ पुस १३ बुधवार ०८:०५ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...