काठमाडौं । टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङद्वारा यसका १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरूमा आयोजित मेगा सर्भिस क्याम्पको मंगलबार सम्पन्न भएको छ । यी केन्द्रहरुमध्ये ३ वटा काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन् । त्यसैगरी, बाँकी ९ वटा उपत्यका बाहिरका स्थानहरु पोखरा, इटहरी, मेची, बिरगंज, ढल्केबार, हेटौडा, सर्रा, धनगढी, नेपालगंजमा रहेका छन् ।
तीन दिने क्याम्पमा टाटाका ९५५ वटा ‘पेसेन्जर’ श्रेणीका गाडीहरुको प्रभावकारी ढंगले जाँच एवं मर्मत सम्भार गरिएको थियो भने १,५३३ व्यक्तिहरुको सहभागिता थियो । यस्तो जाँच गराउँदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरु प्राप्त गरेका थिए ।
म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमशः १८, १५ र १८ प्रतिशत छुट लगायत टप वाशिङ, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक–अप, ब्याट्री र इलेक्ट्रिकल चेक–अपको सुविधा पनि निःशुल्क प्रदान गरिएको थियो । यसको अतिरिक्त यस क्याम्पमा संजीवनी इन्जिन प्याकेज अन्तर्गतको ४ हजार नगद फिर्ताको पनि व्यवस्था थियो ।
वि.सं.२०७९ पुस १३ बुधवार ०८:०७ मा प्रकाशित






























