back
CTIZAN AD

अब बैंकअफ काठमाडौंमा मेसिनबाटै क्लियरिङका चेक जम्मा गर्न सकिने

वि.सं.२०७९ पुस १३ बुधवार

558 

shares

काठमाडौं । बैंक अफ काठमाडौंद्वारा क्लियरिङका चेक मेसिनबाट जम्मा गर्ने सेवाको शुरु गरेको छ ।

बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी हुनेगरी खिचिएको क्लियरिङ चेकहरु कियोस्क मेसिन मार्फत जम्मा गर्न सकिने सेवाको शुभारभ्भ गरेको हो ।

यस नयाँ सेवा मार्फत ग्राहकले बिना कुनै झन्झट सजिलैसँग मेसिनमा चेक जम्मा गर्न सक्नेछन् । ग्राहकले भौतिक रुपमा कुनै भौचर नभरिकन केबल आफ्नो जम्मा गर्नुपर्ने क्लियरिङका चेकहरु मेसिनबाट सोझै आफ्नो खातामा जम्मा गर्न मिल्ने व्यवस्था रहेको छ ।

बैंकले ग्राहकहरुले चेक जम्मा गर्ने मेसिनमा जम्मा गर्नुपर्ने खाता नम्बर, रकम, चेक जारी भएको मिति, चेक जम्मा गर्न सम्पर्क नम्बर तथा क्लियरिङ सेसन लगायतका विवरणहरु राखे पश्चात् जम्मा गर्ने चेक स्क्यान गरी चेक जम्मा गर्न सक्नेछन् । उक्त चेक जम्मा भए पश्चात् चेक जम्मा भएको प्रमाणिकरणको लागि मेसिनबाट जारी हुने भौचर प्राप्त हुन्छ ।

बैंकले उक्त सेवा हालको लागि आफ्नो मुख्य शाखा कार्यालय कमलादीमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशभरका सम्पूर्ण शाखा कार्यालयहरुमा समेत विस्तार गर्ने छ ।

कियोस्क मेसिन मार्फत क्लियरिङ चेक जम्मा गर्ने सेवाले चेक जम्मा गर्नको लागि भौतिक रुपमा भौचर भरी बैंकको चेक जम्मा गर्ने काउन्टरमा लाइन बसी चेकहरु जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहकहरुलाई छुटकारा मिल्ने विश्वास बैंकले जनाएको छ ।

वि.सं.२०७९ पुस १३ बुधवार ०८:२५ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...