back
CTIZAN AD

प्रचण्डको अर्को खेल, बन्ला त समाजवादी मोर्चा ?

वि.सं.२०७९ पुस १३ बुधवार

1.1K 

shares

काठमाडौं । सरकारको नेतृत्वमा पुगेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बेग्लै अभियानमा जुटेका छन् । उनले चुनाव अघि सुरु गरेको समाजवादी केन्द्र वा मोर्चा निर्माणको अभियानलाई पुनः सुरु गरेका छन् ।

बुधबार प्रचण्डले हात्तीवनस्थित आफ्ना भाञ्जा गोकुल भण्डारीको घरमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए । प्रचण्डले दुई दललाई सरकारमा सहभागि बनाउनेसँगै समाजवादी मोर्चा बनाउने प्रयासस्वरुप छलफल गरेको बुझिएको छ ।

प्रचण्ड निकट एक नेताले बताएअनुसार चुनाव अघि नै समाजवादी केन्द्र वा मोर्चा बनाउने प्रयासमा जुटेका प्रचण्डले सरकार निर्माण पछि उक्त प्रयासलाई अघि बढाएका हुन् । प्रचण्डले माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र वामदेव गौतम नेतृत्वको कम्युनिष्ट एकता अभियानलाई जोड्ने प्रयास गरेका छन् । सकेसम्म पार्टी एकता नभए समाजवादी मोर्चा बनाउने प्रयास प्रचण्डको रणनीति रहेको बुझिएको छ ।

यदि मोर्चाबन्दी गरेमा संसद र सरकारमा बलियो उपस्थिति हुने बुझाई प्रचण्डको देखिन्छ । हालको सत्ता गठबन्धनमा एमालेले आफ्नो अनुकुल व्यवहार गर्नसक्ने अवस्थालाई हेक्का राख्दै प्रचण्डले यस्तो रणनीतिलाई अगाडि बढाएको बुझिएको छ ।

यदि समाजवादी मोर्चा निर्माण भएमा प्रचण्डको पक्षमा संसदमा ५५ सिट पुग्नेछ । संसदमा माओवादी केन्द्रसँग ३२, एकीकृत समाजवादी १०, जसपा १२ र राजमोसँग एक सिट छ ।

चुनावमै मोर्चा बनाएर जान चाहेका थिए प्रचण्ड

प्रचण्ड गत चुनावमै एउटै घोषणापत्र र एउटै चुनाव चिन्ह बनाएर चुनावमा जान चाहेका थिए । उनले दलहरुबीच पटक–पटक उक्त विषयमा पनि छलफल गरेका थिए । तत्कालिन समय माओवादी, नेसपा, कम्युनिष्ट एकता केन्द्र र राजमो तत्कालै मोर्चा बनाएर जान सहमत भएपनि एकीकृत समाजवादीभित्र विवाद हुँदा रोकिएको थियो ।

विशेषतः एकीकृत समाजवादीभित्र मुकुन्द आचार्यसहितको समूहले उक्त सहमति हुन रोकेको थियो । यदि तत्कालिन समय एकीकृत समाजवादीभित्र सहमति जुट्न सकेको भए चुनावमा एउटै मोर्चा बनाएर जाने अवस्था हुन्थ्यो ।

वि.सं.२०७९ पुस १३ बुधवार १२:३३ मा प्रकाशित

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...

असार १५: जुजु धौको माग उच्च

असार १५: जुजु धौको माग उच्च

काठमाडौँ । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको...

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक...

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का...

बुद्धिमान वृद्धको उत्तर

बुद्धिमान वृद्धको उत्तर

एक दिन एउटा गाउँमा निकै बुद्धिमान वृद्ध बस्थे। टाढा–टाढाबाट मानिसहरू...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...