back
CTIZAN AD

जसपा संसदीय दलको नेतामा निर्विरोध बने रामसहाय यादव

वि.सं.२०७९ पुस १३ बुधवार

846 

shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् ।

जसपाले आज निर्वाचनमार्फत संसदीय दलको नेता चयन गर्ने कार्यतालिका जारी गरेपनि निर्वाचन हुनुभन्दा अगावै यादवलाई दलको नेतामा निर्विरोध निर्वाचित गरिएको हो ।

बिहान ११ देखि १२ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका भएपनि यादव बाहेक अन्य कसैले पनि उम्मेदवारी मनोनयन दर्ता नगरेपछि उनी निर्विरोध दलको नेत चयन भएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

मंसीर ४ मा सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभाको निर्वाचनमा विभिन्न क्षेत्रबाट जसपाका पाँच नेता प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । संसदीय दलको नेता चयन भएका यादव बारा २ बाट निर्वाचित सांसद हुन् ।

यसअघि पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई र सांसदद्धय राजकिशोर यादव र नवलकिशोर साहले संसदीय दलको नेतामा दावी गर्दै आएपनि उनीहरुले उम्मेदवारी मनोनय दर्ता नगराएपछि यादव निर्विरोध भएका हुन् ।

 

वि.सं.२०७९ पुस १३ बुधवार १३:१४ मा प्रकाशित

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...

असार १५: जुजु धौको माग उच्च

असार १५: जुजु धौको माग उच्च

काठमाडौँ । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको...

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक...

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का...

बुद्धिमान वृद्धको उत्तर

बुद्धिमान वृद्धको उत्तर

एक दिन एउटा गाउँमा निकै बुद्धिमान वृद्ध बस्थे। टाढा–टाढाबाट मानिसहरू...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...