back
CTIZAN AD

राप्रपा पनि सरकारमा सहभागी हुने

वि.सं.२०७९ पुस १३ बुधवार

930 

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

बुधबार बसेको सो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सत्ता गठबन्धनबीच न्यूनतम साझा कार्यक्रम तय गरेर सहमति भएपछि मात्रै सरकारमा सहभागी हुने निर्णय गरेको सो पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

‘सरकारलाई समर्थन गरेका राजनीतिक दलकाबीच न्यूनतम साझा कार्यक्रम तय गरेर सहमति भएपछि मात्रै सरकारमा सहभागी हुने निर्णय भएको छ’ प्रवक्ता श्रेष्ठले भनेका छन् ।

गत पुस १० गते एमालेसहित ७ दल र केही स्वतन्त्र सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा गठन भएको सरकारलाई राप्रपाले समर्थन गरेपनि सरकामा सहभागी भएको थिएन । आजको बैठकले सशर्तरुपमा सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

यस्तो थियो पार्टीका तर्फबाट मिश्रले राखेको तीन शर्त
यसअघि सो पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफुहरुका तीन शर्त पूरा भएमा सरकारमा जाने बताएका थिए । उनले पौष २७ गतेलाई ‘राष्ट्रिय एकता दिवस’ अथवा ‘नेपाल दिवस घोषणा गर्न माग गरेका थिए ।

त्यस्तै दोस्रोमा संविधानको अन्तिम मस्यौदा तयार पार्दा संविधानसभाले जनतासँग धर्म निरपेक्षताबारे औपचारिक रूपमा संकलन गरेको ‘जनमत’को यथार्थ विवरण सार्वजनिक गर्न र जनताको चाहाना अनुरूप निर्णय गर्न माग गरेका थिए ।
त्यस्तै तेस्रो नम्बरमा उच्चस्तरीय नागरिक आयोग गठन गरेर २०४६ सालपछिका सबै उच्चपदस्थको सम्पत्ति छानविन गरि दोषीलाई कारवाही गरियोस् भन्ने शर्त राखेका थिए ।

राप्रपाको सरकारलाई समर्थन, सरकारमा जान रवीन्द्र मिश्रले राखे यी तीनशर्त

वि.सं.२०७९ पुस १३ बुधवार २०:५० मा प्रकाशित

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल...

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

काठमाडौँ । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालसँगको विस्तारित कर्जा...