back
CTIZAN AD

पोदारको नेतृत्वमा क्यान महासंघको नयाँ कार्यसमिति चयन

वि.सं.२०७९ पुस १४ बिहीवार

654 

shares

काठमाडौं । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)मा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ ।

यही पुस ९ गते शनिबार भएको महासंघको २९ औँ वार्षिक साधारणसभा एवं १४ औँ महाधिवेशनले रणजितकुमार पोदारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । यसअघि ७४ जिल्ला र सातै प्रदेशका शखा समितिमा अधिवेशन सम्पन्न भएको थियो । नयाँ केन्द्रीय कार्यसमितिका लागि पोदार सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् भने अन्य केही पदमा मतदान गरिएको थियो ।

त्यसैगरी, महासंघको वरिष्ठ उपाध्यक्षमा खुशल रेग्मी, उपाध्यक्षमा संस्थागत समूहबाट राजेन्द्रप्रसाद अर्याल, महिला समूहबाट सरिता सिंह तथा जिल्ला शाखा समूहबाट हर्कबहादुर सेटी र ध्रुवराज शर्मा (सुदीप) निर्वाचित भएका छन् । त्यस्तै, महासंघको महासचिव पदमा चिरञ्जीवी अधिकारी निर्वाचित भएका छन् भने कोषाध्यक्षमा नवीन जोशी निर्विरोध निर्वाचित भएका छन् । सचिवमा सुमनलाल प्रधान (व्यक्तिगत समूह), बुद्धरत्न तुलाधर (संस्थागत समूह) र प्रताप सापकोटा (विषयगत समूह) निर्वाचित भएका छन् ।

त्यस्तै, जिल्ला शाखा समूहबाट सचिव पदमा भूपालदास श्रेष्ठ, नारायणप्रसाद श्रेष्ठ, भूपेन्द्र मैनाली र कर्णराज पनेरू निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरूमा भने विश्वराम बलामी, अग्मा मालाकार, सिर्जना श्रेष्ठ, सुभाष खड्का, विक्रम सिंह, दिव्यतारा शाक्य, निरञ्जन पटेल, केशवप्रसाद भट्टराई, हेमपाल श्रेष्ठ, मिना अर्याल, ठाकुरकुमार श्रेष्ठ, उमेश रघुवंशी, दिपक साह, सरिता न्यौपाने, शेखरनाथ दुलाल, सरुना श्रेष्ठ, चिन्तामणि बाँस्तोला, तुलसीराम पाण्डे, डा. अभिजित गुप्ता, दीपेन्द्र पौडेल, मनिराज पाण्डे, राम किशोर रावल, राजु कट्टेल, रीना श्रेष्ठ र भानुभक्त शर्मा (मनोनित) रहेका छन् ।

त्यस्तै, लेखासमिति संयोजकमा प्रभात श्रेष्ठ तथा लेखासमिति सदस्यद्वयमा हृदयमान श्रेष्ठ र विक्रान्त कार्की चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष पोदारले नयाँ कार्यसमितिले सामूहिक भावना लिएर काम गर्ने बताए । उनले सूचना प्रविधि क्षेत्रमा आबद्ध पेसाकर्मी, विद्यार्थी, व्यवसायी तथा सम्बन्धित निकायसँग समन्यव गरी यस क्षेत्रको उल्लेखनीय विकास गर्न महासंघले पहलकदमी भूमिका खेल्ने बताए ।

साथै, नेपालमा दक्ष सूचना प्रविधि जनशक्ति उत्पादन गर्न विशेष पहल गर्ने, सूचना प्रविधिका स्टार्टअपहरूलाई उद्योगमा रुपान्तरणका निम्ति काम गर्ने, सूचना प्रविधिको व्यवसाय प्रवर्द्धनमा विशेष काम गर्ने, नेपाली समाजलाई सूचना प्रविधिको डिजिटल डिभाइड कम गराउन देशैभर काम गर्नेलगायतका योजनामा आफू नेतृत्वको टिमले काम गर्ने प्रतिबद्धता पनि जनाए ।

वि.सं.२०७९ पुस १४ बिहीवार ०८:३२ मा प्रकाशित

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

काठमाडाैँ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि मासिक रूपमा...

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...