back
CTIZAN AD

पर्यटन व्यवसायी संघको अध्यक्षमा निराजन तिवारी

वि.सं.२०७९ पुस १४ बिहीवार

891 

shares

काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी संघको चौथो साधारणसभा सम्पन्न भएको छ । राजधानीमा सम्पन्न सभाले संघको अध्यक्षमा निराजन तिवारीलाई निर्वाचित गरेको हो ।

संघको उपाध्यक्षमा अच्युत सिग्देल, सचिवमा भागवत सिंखडा, सहसचिवमा अमित वस्ती, कोषाध्यक्षमा भरत प्रसाद तिमिल्सिना तथा सदस्यहरुमा राजु थपलिया, ऋषिराज उपाध्याय, नाती महर्जन र रिदिप श्रेष्ठ निर्वाचित भएका छन् ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले पर्यटन क्षेत्रमा लागि परेका विभिन्न संस्थाको नाम फरक भए पनि उद्देश्य भने एकै रहेकाले सहकार्यमा जोड दिए ।

आगामी दिनहरुमा पर्यटन प्रवद्र्धनलगायतका कार्यहरुमा नेपाल पर्यटन विकास व्यवसायी संघसँग सहकार्य रहिरहने उनले बताए ।

श्रेष्ठले पर्यटन क्षेत्रमा निजी क्षेत्रको महत्वपूर्ण लगानी रहेकाले यसलाई जोगाउन सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा समेत जोड दिए ।

वि.सं.२०७९ पुस १४ बिहीवार ०९:१० मा प्रकाशित

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

संगीता राई, धरान (सुनसरी) । साँझ पर्न थालेको छ ।...