काठमाडौं । मंसीर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मधेश प्रदेश सभामा निर्वाचित सांसद जवाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
सर्लाही क्षेत्र नं. ३ (क) बाट स्वतन्त्र निर्वाचित जवाहरलाल कुशवाहा बुधबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष निवास खुमलटारमा आयोजित एक कार्यक्रममा कुशवाहालाई अध्यक्ष प्रचण्डले पार्टीमा प्रवेश गराउँदै स्वागत गरेका हुन् । कुशवाहाको प्रवेशसँगै मधेश प्रदेशसभामा माओवादी केन्द्रका सांसदको संख्या ९ पुगेको छ ।
वि.सं.२०७९ पुस १४ बिहीवार ०९:०१ मा प्रकाशित






























