back
CTIZAN AD

सिद्धार्थले ल्यायो १ करोड बीमा सहितको ‘श्रीवृद्धि प्लस मुद्दती खाता’

वि.सं.२०७९ पुस १४ बिहीवार

684 

shares

काठमाडौं । सिद्धार्थ बैंकले श्रीवृद्धि प्लस मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ ।

बैंकले २०औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक प्रतिफलका साथमा १ करोडसम्मको म्यादी जीवन बीमा सुविधा प्राप्त गर्न सकिने मुद्दती योजना सञ्चालनमा ल्याएको हो । बैंकको अनुसार व्यक्तिगत ग्राहकवर्गहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दती योजना अन्तर्गत न्यूनतम ५० हजारमा खाता खोल्न सकिनेछ ।

यस मुद्दती योजनामा ग्राहकवर्गहरुले निक्षेप रकमको २ गुणा सम्मको प्रतिफल प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यसका अतिरिक्त, पहिलो वर्षको लागी निःशुल्क क्रेडिट कार्ड सुविधा समेत प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ । बैंकको यस मुद्दती योजनाको बीमा साझेदार महालक्ष्मी लाईफ इन्स्योरेन्स रहेको छ ।

बैंकको अनुसार ग्राहकवर्गहरुले सिद्धार्थ बैंककोे सबै शाखा कार्यालयहरुबाट सहजै यो मुद्दती खाता खोल्न सक्नेछन् । सिद्धार्थ बैंकले देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), २१५ वटा ए.टि.एम्, ११८ शाखारहित बैंकिङ सेवा र १८ सयभन्दा बढी पिओएस् मेसिन मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

वि.सं.२०७९ पुस १४ बिहीवार ०८:५५ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...