काठमाडौं । उद्योगी व्यवसायीको जारी आन्दोलन स्थगित भएको छ । ब्याजदर वृद्धिको विरोधमा देशभरका उद्योगी आन्दोलनमा थिए । बुधबार अर्थमन्त्री विष्णु पौडेलसँगको वार्तापछि व्यवसायीले आन्दोलन स्थगित गरेका हुन् ।
उद्योगीले गरिरहेको आन्दोलन स्थगित भएको उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले जानकारी दिइन् । छलफलमा देशभरका उद्योगी व्यवसायी सहभागी थिए ।
यस्तै बैठकमा गभर्नर र अर्थ मन्त्रालयका सचिवहरूको समेत सहभागिता थियो । छलफलमा अर्थमन्त्री पौडेलले उद्योगीको माग सम्बोधन गर्न केही दिनको समय मागेका थिए ।
त्यसक्रममा आफूहरुलेले सम्पूर्ण माग सम्बोधन गर्ने भनेसँगै आन्दोलन स्थगित गरेको उद्योगीहरुले बताएका छन् ।
वि.सं.२०७९ पुस १४ बिहीवार ०८:५३ मा प्रकाशित






























