back
CTIZAN AD

एकीकृत समाजवादीको निष्कर्ष : यही अवस्थामा सरकारमा सहभागी हुनु हुँदैन

वि.सं.२०७९ पुस १८ सोमवार

726 

shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी तत्काल सरकारमा नजाने जनाएको छ । सोमबार बसेको एकीकृत समाजवादीको पोलिटब्युरो बैठकले तत्काल सरकारमा जान नहुने निष्कर्ष निकालेको हो ।

तर, सरकारबाट प्रस्ताव आए सोच्न सकिने निष्कर्षमा नेताहरू पुगेको बताइएको छ ।

बैठकमा सरकारमा तत्कालै जानुहुँदैन भन्नेहरूको बहुमत रहेको एक पोलिटब्युरो सदस्यले बताए । साँच्चै आवश्यकता महसुस गरेर सरकारमा सहभागी हुन प्रस्ताव गर्नुभयो भने सोच्न बैठकले निष्कर्ष निकालेको छ ।

एकीकृत समाजवादीले शनिबार र आइतबार स्थायी कमिटी सदस्यसँग छलफल गरेको थियो । स्थायी कमिटीका केही सदस्यले सरकारमा जानुपर्ने बताएपनि अधिकांशले सरकारबाट औपचारिक प्रस्ताव नआए सरकारमा जानेबारे छलफल नै गर्न नहुने बताएका थिए ।

स्थायी समिति बैठकमा अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा सामेल हुन नहुने तर्क गरेका थिए । बैठकमा उनले आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठिक गरिरहेको उल्लेख गर्दै कसैसामु लत्रने पक्षमा नरहेको दाबी गरेका थिए । उनले सत्ता गठबन्धन टिकिरहने विषयमा नै प्रश्न रहेको बताएका थिए ।

“देशको राजनीतिमा आफ्नै जटिलता छन्, हाम्रो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन सक्दैन, कुनै पनि शक्तिको पछि लाग्दैन, हामी आफ्नो देश अघि बढाउन चाहन्छौं, हामी देशको हितलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न चाहन्छौं”, बैठकलाई सम्बोधन गर्दै नेपालले भनेका छन् ।

वि.सं.२०७९ पुस १८ सोमवार १८:०१ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...