काठमाडौं । सन्राइज बैंकले जुम्लामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
उद्योग वाणिज्य भवन जुम्लामा पुष १४ गते आयोजित एक कार्यक्रमका बीच बैंकका कार्ड तथा ईबैंकिङ्गका प्रमुख मनोज धिमिरे, ब्राण्ड व्यवस्थापन तथा सि.एस.आर प्रमुख सुमन थापा र जुम्ला शाखा प्रमुख खडक प्रसाद देबकोटाको उपस्थितीमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ ।
सो वित्तीय साक्षरता कार्यक्रममा १२० विद्यार्थी र स्थानिय जनताको सहभागिता रहेको थियो ।
अहिलेको समयमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भइरहेको अवस्थामा डिजिटल कारोबारलाई थप प्रवद्र्धन र प्रोत्साहन गर्न बैंकले डिजिटल साक्षरता कार्यक्रमको सुरुवात जुम्लाबाट गरेको जनाएको छ ।
डेबिट/क्रेडिट कार्ड, मोबाइल बंैकिङ्ग, मिस्डकल बैंकिङ, इन्टरनेट बैंकिङ्ग, क्यूआर भुक्तानी लगायतका अत्याधुनिक बैंकिङ्ग उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारणालाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने तथा सुरक्षित बंैकिङ्ग कसरी गर्ने भन्ने बारेमा जानकारी गराइएको थियो ।
सन्राइज बैंकले वित्तीय साक्षरताको अभावमा मानिसहरुले असुरक्षित आर्थिक कारोबार गर्न नपरोस्, बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिहरुको पहुच पुगोस्, डिजिटल कारोबारका बारेमा व्यक्तिहरु अभ्यस्त बनुन्, आफ्नो व्यवसायिक योजनालाई बैंकको सहायताले बढाउन सकियोस् र त्यसले व्यक्तिहरुको आर्थिक आर्जन बढाई उनीहरुको जीवनस्तर पनि बढाउन सकियोस् भन्ने उद्देश्य साथ देशव्यापी रुपमा वित्तिय साक्षरता कार्यक्रम गर्न लागिएको पनि बैंकले जानकारी दिएको छ ।
वि.सं.२०७९ पुस १९ मंगलवार १७:०० मा प्रकाशित





























