back
CTIZAN AD

सुदूरपश्चिममा सरकार गठनका लागि भाेलि आव्हान गरिँदै, के गर्ला सत्ता गठबन्धन ?

वि.सं.२०७९ पुस १९ मंगलवार

903 

shares

काठमाडौं । सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि भोलि दलहरुलाई आव्हान गर्ने भएका छन् । आज नै आव्हान गर्ने तयारी गरेका उनले दलहरुको सुझाब पछि भोलिको तयारी गरेका हुन् ।

भोलि १० बजे नयाँ सरकार गठनका लागि आव्हान गर्ने तयारी गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

प्रदेशमा कसैको पनि बहुमत नभएको कारण संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनको लागि आव्हान गर्न लागिएको हो ।

सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य छन् । बहुमतको सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्दछ ।

प्रदेशमा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात नेकपा एकीकृत समाजवादीका चार राप्रपाका एक र स्वतन्त्र एक सांसद छन् । केन्द्रको सत्ता गठबन्धनले प्रदेशमा पनि आफ्नो सरकार बनाउने योजना बनाएको छ । तर, यहाँ सात सांसद भएको नागरिक उन्मुक्ति पार्टीले आफैं दाबी गरेको छ । उन्मुक्ति पार्टीले सहयोग नगरी कुनै पनि दलको सरकार बन्ने अवस्था छैन ।

तर, केन्द्रको सरकार निर्माणमा समर्थन गरेको उन्मुक्ति पार्टीले अरुलाई सहयोग गर्नेभन्दा आफ्नै नेतृत्वमा सरकार बनाउने योजना बनाएको छ । यस्तोमा कसको नेतृत्वमा कसले सरकार बनाउने अन्योल देखिएको छ ।

वि.सं.२०७९ पुस १९ मंगलवार १७:५१ मा प्रकाशित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...