back
CTIZAN AD

विभिन्न कार्यक्रम सहित मुक्तिनाथले मनायो वार्षिकोत्सव

वि.सं.२०७९ पुस २० बुधवार

708 

shares

काठमाडौं । मुक्तिनाथ विकास बैंक स्थापनाको १६ औं वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ ।

यस अवसरमा बैंकले डिजिटल माध्यमद्वारा एकैसाथ १३ वटा नयाँ शाखा तथा एक्सटेन्सन काउन्टरहरुको केन्द्रीय कार्यालयबाटै औपचारिक रुपमा उद्घाटन गरेको थियो ।

यस्तै, बैंकले देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम गरी १७४ युनिट रगत संकलन गरेको छ भने विभिन्न उच्च माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई छात्रवृत्ति तथा विभिन्न सामग्री वितरण गरेको छ ।

साथै, बैंकले अनाथ तथा बालबालिकाहरुको क्षेत्रमा कार्य गर्ने मानव आश्रमहरुमा आत्मनिर्भरता बढाउन ‘मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ सम्बन्धी सामाग्री हस्तान्तरण गर्नुको साथै विभिन्न स्थानमा स्वच्छ पिउने पानीको व्यवस्थापन गरेको छ । बैंकले अस्पताल निर्माणमा पनि सहकार्य गर्ने भएको छ ।

बैंकका अध्यक्ष भरतराज ढकालले वार्षिकोत्सवको अवसरमा देशको अर्थतन्त्र र विकासमा बैंकले सधै योगदान दिने प्रतिबद्धता जनाएका थिए । सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकले हासिल गरेका उपलब्धी, वर्तमान चुनौतीका साथै भावी रणनीतिको बारेमा प्रकाश पार्दै सामाजिक उतरदायित्व अन्तर्गत विभिन्न अभियानहरु सञ्चालनमा ल्याएको बताएका थिए ।

वि.सं.२०७९ पुस २० बुधवार ०९:१६ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...