back
CTIZAN AD

उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच भेटवार्ता

वि.सं.२०७९ पुस २० बुधवार

693 

shares

काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटघाट भएको छ ।

बुधबार बिहान भएको उक्त भेटघाटमा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सामाजिक न्याय सहितको सम्बृद्धि हासिल गर्ने दिशामा रहेकोमा बिकासको लक्ष्य हासिल गर्न भारत सरकारको सहयोग हुने विश्वास व्यक्त गरेका थिए ।

May be an image of 3 people and indoor

त्यसैगरी राजदूत श्रीवास्तवले नेपाल सरकारलाई रेल्वे लगायतको पूर्वाधारमा थप सहयोग गर्न इच्छुक रहेको बताए । भारतीय सहयोगमा चालू विकास आयोजनालाई गति दिन आगामी दिनमा आवश्यक छलफल गर्दै जाने कुरा भएको उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव विजय गौतमले बताए।

उक्त भेटमा श्रीवास्तवले उपप्रधानमन्त्री श्रेष्ठलाई भारत भ्रमणको निम्तो दिएका थिए ।

 

वि.सं.२०७९ पुस २० बुधवार ११:५९ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...