back
CTIZAN AD

अर्थतन्त्रलाई कसरी ट्रयाकमा ल्याउने ? प्रधानमन्त्रीले गरे अर्थमन्त्री र गर्भनरसँग छलफल

वि.सं.२०७९ पुस २० बुधवार

633 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पछिल्लो अवस्थाबारे अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन्।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अर्थमन्त्री पौडेल र गभर्नर अधिकारीसँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणका अनुसार अर्थमन्त्री र गर्भनरसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयबारे छलफल भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले बैंकिङ क्षेत्रमा देखिएका समस्या तत्काल सुधार गर्न निर्देशन पनि दिएका छन् ।

प्रेस संयोजक सूर्य किरणका अनुसार छलफलका क्रममा बैंकहरुको ब्याजदर घटाउन र तरलताको समस्याबारे मौद्रिक नीतिमा सुधारका साथै अरु पहलकदमी लिनुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका छन् ।

मौद्रिक नीतिमा आवश्यक सुधार गरेर तरलता हटाउने उपाय खोज्न पनि प्रचण्डले सुझाएका छन् ।

वि.सं.२०७९ पुस २० बुधवार १२:१२ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...