काठमाडौं । चीनमा सम्पन्न सम्पन्न इसिआइ अवार्ड २०२२ बाट आउटरिचले २ वटा काँस्य पुरस्कार जितेको छ ।
चीनको सांघाईमा सम्पन्न उक्त अवार्ड समारोहमा आउटरिचले प्रोडक्ट एण्ड मोडल इन्नोभेसन एण्ड मार्केटिङ इन्नोभेसन गरी दुई विधामा काँस्य जित्न सफल भएको हो ।
डिसेम्बर ३० मा सम्पन्न ग्लोवल इसिआइ अवार्ड २०२२ को विजेता घोषणा गरिएको थियो ।
अवार्ड अन्तर्गतका तीन विधाहरु प्रोडक्ट एण्ड मोडल इन्नोभेशन, मेटाभर्स एप्लिकेशन इन्नोभेशन एण्ड मार्केटिङ इन्नोभेशन तर्फ स्वर्ण, रजत र काँस्य अवार्ड विजेता देशहरुमा हङकङ, स्वीजरल्याण्ड, इटाली, क्यानडा, नेपाल, अमेरिका, युके, साउदी अरेविया, ब्राजिल, थाइल्याण्ड, ताइपेइ सिटी, अष्ट्रेलिया लगायतका रहेका छन् ।
वि.सं.२०७९ पुस २० बुधवार १२:२० मा प्रकाशित






























