काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सरेको छ ।
पुस २२ का लागि बोलाइएको केन्द्रीय समितिको बैठक पुस २८ गतेका लागि सारिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
पौडेलका अनुसार पुस २८ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिएका छन् । उक्त बैठकमा चुनावी समिक्षा, भावि रणनीति लगायतका विषयमा छलफल हुने बताइएको छ ।
त्यसैगरी पुस २५ गते बस्ने प्रतिनिधि सभाको बैठकलाई मध्यनजर गर्दै कांग्रेसले संसदीय दलको बैठक समेत बोलाएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको बैठक पुस २५ गतेदेखि सुरु हुँदैछन् ।

वि.सं.२०७९ पुस २० बुधवार १२:५५ मा प्रकाशित






























