back
CTIZAN AD

पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन, आयल निगमले के गर्ला ?

वि.सं.२०७९ पुस २२ शुक्रवार

591 

shares

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएसँगै धेरैको ध्यान अहिले नेपाल आयल निगमतर्फ केन्द्रित भएको छ। निगमको सञ्चालक समितिका अध्यक्ष समेत रहने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई बिहीवार बोलाएर जनताले राहत महसुस गर्नेगरी तत्काल मूल्य घटाउन प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीका अनुसार प्रधानमन्त्रीको निर्देशनबमोजिम मूल्य घटाउने निर्णय अब सञ्चालक समितिले गर्नुपर्ने हुन्छ। तर प्रधानमन्त्रीको निर्देशन र आपूर्तिसचिव तोयम रायाको सरुवा भएको निर्णय एकैदिन पर्‍यो।

बिहीवार नै मन्त्रिपरिषद्‌को बैठकले सचिव रायालाई अर्थ मन्त्रालयका सचिवमा सरुवा गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री दाहालले नै अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी लिएका छन्।

कहिलेबाट घट्छ मूल्य ?

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोलियम पदार्थको मूल्य घट्ने पक्का भए पनि “ठ्याक्कै कहिलेबाट घट्छ भन्ने कुरा बताउन” अहिले गाह्रो छ। निगमका कार्यकारी निर्देशक थानीले भनेः “प्रधानमन्त्रीज्यूको निर्देशन आएपछि त हामीले कार्यान्वयन गर्नैपर्छ। तर हिजो मात्र सरुवाको निर्णय भएर सचिवज्यूको शुक्रबार बिदाइ हुँदैछ।”

“अब नयाँ सचिवज्यू आएर सञ्चालक समितिको बैठकपछि मात्रै यो विषयमा निर्णय हुन्छ। कतिले घटाउने निर्णय सञ्चालक समितिकै हुन्छ,” उनले थपे।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डको निर्देशन नआएको भए बिहीवार नै हवाई इन्धनको मूल्य केही घटाउने पक्षमा निगम थियो। तर प्रधानमन्त्रीले समग्रमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न निर्देशन दिएपछि निगम हवाई इन्धनको मात्र मूल्य घटाउने निर्णयबाट पछि हट्यो।

“हाम्रो सोच हाललाई हवाई इन्धनमा मात्रै घटाएर बक्यौता तिर्न सक्ने अवस्थामा निगमलाई राखिराख्ने भन्ने हो। तर पछिल्लो निर्देशनपछि खोइ के हुने हो,” स्रोतले भन्यो।

नेपाल आयल निगमले तिर्नुपर्ने रकम कति ?

प्रवक्ता उपाध्यायका अनुसार निगमले अहिले ऋण र बक्यौता गरी १८ अर्ब रुपैयाँ तिर्न बाँकी छ। तीमध्ये इन्डियन आयल कर्पोरेशन (आईओसी) लाई ११ अर्ब र नेपाल सरकारलाई ऋण बापत ७ अर्ब रुपैयाँ तिर्नुपर्नेछ।

कार्यकारी निर्देशक थानीका अनुसार निगमले सरकारबाट लिएको ऋणको ब्याजदर ५ प्रतिशत रहेको छ।

खरिद-बिक्री कस्तो छ ?

निगमले प्रतिलिटर १४१ रुपैयाँ १९ पैसामा किन्ने गरेको हवाई इन्धन आन्तरिक कम्पनीहरूलाई अहिले १९० रुपैयाँमा बेच्दै आएको छ। त्यसैगरी प्रतिलिटर ११७ रुपैयाँ ७१ पैसामा किनेर अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकहरूलाई २१७ रुपैयाँ २४ पैसामा उसले विक्री गर्दै आएको छ।

त्यो भनेको हवाई इन्धनमा निगमलाई अहिले आन्तरिकतर्फ रु. ४८.८१ र बाह्यतर्फ रु. ९९.५३ फाइदा भइरहेको छ। गत सेप्टेम्बर महिनादेखि निगमले पेट्रोल, डीजल, मट्टितेल र हवाई इन्धनको कारोबारमा नाफा कमाइरहेको हो।

“तर खाना पकाउने ग्यासमा अझै हामीलाई घाटा छ। एलपीजीमा हामीलाई अहिले प्रतिसिलिन्डर ३५९ रुपैयाँ ५० पैसा घाटा रहेको छ,” प्रवक्ता उपाध्यायले भने।

तर पेट्रोल, डीजल, मट्टितेल र हवाई इन्धनमा भइरहेको नाफा जोड्दा १५ दिनमा अनुमानित ९९ करोड नाफा हुने अवस्था रहेको निगमकै अधिकारीहरूले स्वीकारेका छन्। निगमले अहिले पेट्रोल प्रतिलिटर रु. १७८, डीजल तथा मट्टितेल प्रतिलिटर रु. १७५ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर रु. १८०० मा बिक्री गर्दै आएको छ। बीबीसी नेपाली

वि.सं.२०७९ पुस २२ शुक्रवार १५:०३ मा प्रकाशित

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन,...

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस...