back
CTIZAN AD

प्रभु र सेञ्चुरी बैंकको एकीकृत कारोबार पुस २६ देखि हुने

वि.सं.२०७९ पुस २२ शुक्रवार

645 

shares

काठमाडौँ । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकको एकीकृत कारोबार यही पुस २६ देखि हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले आज एक सूचनामार्फत् प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी एकीकृत कारोबार यही पुस २६ देखि गर्ने गरी तय भएको जनाएको हो । दुई बैंक एकआपसमा गाभिएपछि प्रभु बैंकका नामबाट एकीकृत कारोबार हुनेछ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने\गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन)सम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन २०७९) को विनियम ११ को उप–विनियम (७) बमोजिम रहेको जनाएको छ ।

दुवै बैंकबीच एक बराबर एक अनुपातमा मर्ज हुने भएका हुन् । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीइओमा सेञ्चुरी बैंकका सीइओ मनोज न्यौपाने बन्नेछन् ।

प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गत साउन १५ मा मर्जर सम्झौता भएको थियो । प्रभु बैंकले पनि आज सूचना जारी गर्दै एकीकृत कारोबार हुनअघि डाटा माइग्रेसन प्रयोजनका लागि चार दिन सम्पूर्ण सेवा बन्द हुने जनाएको छ ।

बैंकले जारी गरेको सूचनाअनुसार आज राति १० बजेदेखि २६ गते बिहान १० बजेसम्म दुवै बैंकले विभिन्न शाखाबाट प्रदान गर्दै आइरहेको सम्पूर्ण सेवा बन्द रहने जनाएका हुन् । प्रभु बैंकको चुक्ता पुँजी रु १२ अर्ब ७० करोड छ भने सेञ्चुरी बैंकको चुक्ता पुँजी रु नौ अर्ब ५५ करोड छ ।

 

वि.सं.२०७९ पुस २२ शुक्रवार १५:०४ मा प्रकाशित

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...