back
CTIZAN AD

विमान दुर्घटनामा परेका पर्वतका बाबुछोरीसहित पाँच जनाको सनाखत

वि.सं.२०७९ माघ १ आइतवार

711 

shares

पर्वत । आज बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी पर्वतका नौजनाको ज्यान गएको पुष्टि भए पनि पाँचजनाको सनाखत भएको छ ।

ज्यान गुमाउनेमा पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कका त्रिभुवन पौडेल, कुश्मा नगरपालिका–९ कटुवाचौपारीका ४६ वर्षीय अरुण पौडेल र उनकी छोरी ११ वर्षीया प्रसिद्धि पौडेल रहेका छन् ।

त्यसैगरी कुश्मा नगरपालिका–१ पाङका १० महिने बालक रिहान पौडेल र रचना काफ्लेको सनाखत भएको छ भने पर्वतको विहादी गाउँपालिकाका चारजनाको सनाखत हुन सकेको छैन । उनीहरुको नामावलीसमेत पहिचान हुन सकेको छैन ।

दुर्घटनामा ज्यान गुमाउनेमा पर्वतको कुश्माका बाबुछोरी नै छन् । दुर्घटनामा कुश्मा नगरपालिका–९ कटुवाचौपारीका ४६ वर्षीय अरुण पौडेल र उनकी छोरी ११ वर्षीया प्रसिद्धिको निधन भएको छ ।

काठमाडौँको वृहस्पति विद्याश्रममा कक्षा ५ मा पढ्ने छोरी प्रसिद्धि जन्मघर पर्वत आउने क्रममा उहाँहरु दुर्घटनामा परिन् । “छोरीको स्कुल बिदा पनि भएकाले दाजुभाइ भेटौँ भनेर जन्मघर आउन लाग्नुभएको रहेछ”, अरुणका छिमेकी उपेन्द्र अधिकारीले भने, “उहाँहरूलाई लिन भाइ (अरुणका भाइ केशव) विमानस्थलमै पुग्नुभएको थियो ।” केशवले नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर अरुण र प्रसिद्धिको शवको पहिचान गरे ।

मृतक पौडेल ९ वर्ष कोरियामा बसेर फर्किएका थिए । अधिकारीका अनुसार कोरियाबाट फर्केपछि पौडेल तीन छोरी र श्रीमतीसँग काठमाडौँमा बस्दै आएका थिए । कोरियाबाट फर्किएपछि समाज सेवामा लागेका उनी गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा पर्वतबाट स्वतन्त्र उम्मेदवार बनेका थिए । रासस

वि.सं.२०७९ माघ १ आइतवार २०:४५ मा प्रकाशित

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

काठमाडौं । जर्मनीको बर्लिनस्थित नेपाली दूतावास र पासपोर्ट खरिद प्रकरणलाई...

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई...

युरोप इतिहासकै भीषण गर्मीको चपेटामा

युरोप इतिहासकै भीषण गर्मीको चपेटामा

युरोपका अधिकांश देशहरू यतिबेला इतिहासकै भीषण गर्मीको चपेटामा परेका छन्।...