back
CTIZAN AD

दिल्लीमा आयोजित अटो ट्रेड डाइलगमा नाडा सहभागी

वि.सं.२०७९ माघ ५ बिहीवार

822 

shares

काठमाडौं । भारतको इण्डीया एक्सपो मार्ट, ग्रेटर नोइडा, दिल्लीमा पुस २९ गते देखि भएको ‘१६ औं अटो एक्सपो २०२३’ माघ ४ गते समापन भएको छ ।

अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले प्रदर्शनीमा अवलोकन भ्रमण गरेको नाडा अटोमोवाइल्स एशोसियशन अफ नेपालले जनाएको छ ।

नाडाका केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु सहित १५० भन्दा बढी सदस्यहरुले उक्त प्रदर्शनीको अवलोकन गरेका थिए ।
पदर्शनीको प्रमुख आयोजक सोसाइटी अफ इण्डियन मेनुफेकचरिङ एशोसिएशन (सियाम)ले पहिलो पटक इण्डीया एक्स्पो मार्ट, गे्रटर नोइडामा आयोजना गरेको अटो ट्रेड डाइलगमामा नाडाका अध्यक्ष थापाले ‘नेपालको अटोमोवाइल क्षेत्रको चुनौति र समस्याहरु’का बारेमा आफनो धारणा राखेका थिए । कार्यक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले ‘नेपाल अटो मार्केट एन्ड पोलीसी ट्रेन्डका विषयमा विशेष प्रस्तुती गरेका थिए ।

सो डाइलग कार्यक्रममा सिलोन मोटर टे«डर्स एशोसिएशनका सभापति चराका पिरेरा, बंगलादेश अटोमोवाइल एसेम्बलर एण्ड म्यानुफ्याक्चरिङ एशोसिएशनका अध्यक्ष अब्दुल मतलुब अहमदले समेत आफनो देशको अटोमोवाइल व्यवसायका चुनौतिहरु बारे चर्चा गरेका थिए । सो डाइलगको सेसन मोडरेटर सियामका स्ट्र«याटेजी ब्राण्ड एण्ड कम्मुनिकेशन भि.इ कमर्सियल भेहिकल्सका सिनियर भाइस प्रेसिडेण्ट भगवान विण्डीगनाभीले गरेका थिए । डाइलगमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रति, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्यसमिति सदस्यद्वय प्रकाश कपुरी, आकाश गोल्छा तथा यमुना श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

त्यस्तै, सियामले मिति पुस २८ गते सोहि स्थानमा पहिलो पटक आयोजना गरेको ‘ईभी डिस्कसन’ कार्यक्रममा नाडाकातर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, केन्द्रीय कार्य समिति सदस्यद्वय आकाश गोल्छा तथा यमुना श्रेष्ठ सहभागी भएको नाडाले जनाएको छ । सियामले नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई सो डाइलग र डिस्कशन कार्यक्रमहरुमा सहभागी भई आफनो धारणाहरु राख्न निमन्त्रणा समेत गरेको थियो ।

अटोमोटिभ कम्पोनेन्ट म्यानुफ्याक्चर्स एशोसिएशनले पुस २७ गते देखि माघ १ गतेसम्म दिल्लीको प्रगति मैदानमा आयोजना गरेको १६औं अटो एक्सपो (कम्पोनेन्टमा) पनि नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु लगायत नाडाका सदस्य कम्पनीहरुले उल्लेख्य मात्रमा अवलोकन भ्रमण गरेको नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेति जनाएका छन् । कार्यक्रमबाट नाडाको सियाम र एक्मा विचको पारस्परिक सम्बन्ध थप मजबुत भएको जनाइएको छ ।

वि.सं.२०७९ माघ ५ बिहीवार १०:५६ मा प्रकाशित

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौँ । नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल एसोसिएसन अफ टुर...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं  । थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी...

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘एचपी...

रोबोटदेखि ईभीसम्म : नाडा अटो शोमा नेपालको विद्युतीय यात्रा

रोबोटदेखि ईभीसम्म : नाडा अटो शोमा नेपालको विद्युतीय यात्रा

काठमाडौं। भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुने १८औं नाडा अटो...

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी भदौ...