back
CTIZAN AD

एनआईबीएल ग्रोथ फन्डको बाँडफाँट सम्पन्न

वि.सं.२०७९ माघ ५ बिहीवार

714 

shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेकोे एनआईबिएल एस क्यापिटल योजना ब्यवस्थापक तथा डिपोजिटरी रहने गरी एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतको एनआईबीएल ग्रोथ फण्ड बाँडफाँट भएको छ ।

कम्पनीले गत पुस ७ गतेदेखि २१ गतेसम्म जारी गरेर प्रति इकाई १० रुपैयाँ दरका १६ करोड इकाई फन्डको बुधबार बाँडफाँट भएको हो ।

कुल इकाईहरु मध्ये बीज पुँजी वापत १ प्रतिशत अर्थात १६ लाख इकाई योजना व्यवस्थापक एनआईबिइएल एस क्यापिटल लिमिटेड तथा १९ प्रतिशत अर्थात ३ करोड ४ लाख इकाई कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साबिकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड) को लागि गरी ३ करोड २० लाख इकाई सुरक्षित राखी बाँकी रहेको १२ करोड ८० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको थियो ।

सो अवधिभित्र ४२ हजार ६० आवेदकहरु मार्फत १ अर्ब ३१ करोड ३६ लाख ७९ हजार रुपैयाँ बराबर कुल ९ करोड ९३ लाख ६७ हजार ९०० इकाईका लागि आवेदन परेको कम्पनीले जनाएको छ । सो योजना व्यबस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडले बिज पुँजीको रुपमा ६३ लाख २१ हजार रुपैयाँ समेत थप गरी रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई माग गरेअनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम मिति बुधबार फन्डको बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

६३ लाख २१ हजार थप गरी योजनाको आकार पुगेको १ अर्ब ३२ करोड कायम गरिएको व्यहोरा क्यापिटलले जनाएको छ ।

वि.सं.२०७९ माघ ५ बिहीवार ११:०० मा प्रकाशित

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी भदौ...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर...

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...