back
CTIZAN AD

रूस–युक्रेन युद्धको असर : ८.५ प्रतिशत पश्चिमा कम्पनी रूसबाट पलायन

वि.सं.२०७९ माघ ६ शुक्रवार

750 

shares

जेनेभा । रूस–युक्रेन युद्धलाई लिएर व्यापक आक्रोशका बाबजुद पनि थोरै सङ्ख्यामा मात्र पश्चिमा कम्पनीहरूले रूस छोडेको स्विस अध्ययनले देखाएको छ ।

युनिभर्सिटी अफ सेन्ट ग्यालेन र लुसानेस्थित आईएमडी इन्स्टिच्युटका अनुसन्धाताहरूले गत फेब्रुअरीमा युक्रेनमा पूर्ण आक्रमण सुरु भएयता युरोपेली सङ्घ र जी–७ मुलुकका कति कम्पनी रूसबाट हटेका छन् भन्नेबारे अध्ययन गरेका हुन् ।

सेन्ट ग्यालेन युनिभर्सिटीले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, “उनीहरूको अध्ययनको निष्कर्षले रुसबाट ईयू र जी–७ फर्महरूको सीमित पश्चगमन भएको देखाएको छ र यसले पश्चिमा कम्पनीहरूको ठूलो पलायन भएको भन्ने दाबीलाई चुनौती दिएको छ ।

वास्तवमा, यी देशहरूमा मुख्यालय भएका धेरै फर्महरूले युक्रेनमा आक्रमणपछि सरकार, सञ्चारमाध्यम र गैरसरकारी संस्थाहरूको रूस छोड्नका लागि दबाबको प्रतिरोध गरेका छन् ।

गत महिना ‘अनलाइन सोसल साइन्स रिसर्च नेटवर्क (एसएसआरएन)’ ले प्रकाशित गरेको उक्त अध्ययनले रूसी सहायक कम्पनीसँग आबद्ध ईयू र जी–७ का १० प्रतिशतभन्दा कम कम्पनीले मात्र ती कम्पनीहरूलाई अलग गरेको देखाएको छ ।

मस्कोले आक्रमण सुरु गर्दा युरोपेली सङ्घ र जी–७ मा रहेका एक हजार ४०४ कम्पनीले रूसमा सक्रिय रहेका दुई हजार चार सय पाँच सहायक कम्पनीको गणना गरेको अध्ययनले देखाएको छ ।

अध्ययनका लेखक निकोलो पिसानी र सिमोन एभेनेटका अनुसार नोभेम्बरको अन्त्यसम्ममा एक सय २० वा तीमध्ये ८.५ प्रतिशत कम्पनीले मात्र रूसमा कम्तीमा एउटा सहायक कम्पनी खारेज गरेका देखिएको छ ।

युरोप र जापानमा आधारित कम्पनीहरूको तुलनामा रूस छोड्ने कम्पनीमा संयुक्त राज्य अमेरिकामा मुख्यालय भएका कम्पनीहरूका शाखा रहेको पुष्टि गरिएको छ ।

तर संयुक्त राज्य अमेरिकाका पनि, रूसमा सञ्चालित १८ प्रतिशत भन्दा कम अमेरिकी सहायक कम्पनीहरू आक्रमण सुरु भएदेखि नै पूर्णरूपमा बन्द भएका अध्ययनले देखाएको छ ।

यसको विपरीत, रूसबाट पलायन भएका कम्पनी वा फर्ममध्ये १५ प्रतिशत जापानी र ८.३ प्रतिशत ईयू फर्महरू रहेका छन् ।

रूसी सहायक कम्पनी छोड्नेमध्ये १९.५ प्रतिशत जर्मन र १२.४ प्रतिशत अमेरिकी स्वामित्वमा रहेको अध्ययनले देखाएको छ ।

अनुसन्धानले युरोपेली सङ्घ र जी–७ फर्महरूको कर अघिको कूल मुनाफाको ६.५ प्रतिशत मात्र पश्चिमी फर्महरूले रूसमा सक्रिय व्यावसाय सञ्चालन गरेका थिए ।

रूसमा यस्ता कम्पनीमा काम गर्ने कर्मचारीको कूल सङ्ख्याको १५.३ प्रतिशत हिस्सा उनीहरूकै रहेको छ ।

“औसतमा, बाहिरिने फर्महरूको रूसमा रहेका फर्महरूको तुलनामा कम मुनाफा र ठूलो कार्यबल थियो,” अध्ययनले देखाएको छ ।

विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यी निष्कर्षहरूले पश्चिमा कम्पनीहरूको अर्थव्यवस्थाबाट अलग हुने इच्छामाथि प्रश्न चिह्न खडा गरेको छ ।”(रासस/एएफपी)

वि.सं.२०७९ माघ ६ शुक्रवार ०८:५३ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

आन्त्रोपेन । बेल्जियमको आन्त्रोपेन शहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा...

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

जकार्ता ।  इन्डोनेसियाले देशभर हवाई पहुँच विस्तार तथा यातायात सञ्जाल...

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

वेलिङ्टन ।  न्युजिल्याण्ड सरकारले आन्द्राको क्यान्सरको प्रारम्भिक पहिचानलाई छिटो बनाउन...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...