back
CTIZAN AD

‘सन् २०२३ को युरो क्षेत्रको अर्थव्यवस्था ‘सोचेभन्दा राम्रो’ हुने’

वि.सं.२०७९ माघ ६ शुक्रवार

672 

shares

डाभोस, स्विट्जरल्यान्ड । युरोपेली केन्द्रीय बैंक (ईसीबी) का प्रमुख क्रिस्टीन लेगार्डले युरो क्षेत्रकोे अर्थतन्त्र यसवर्ष सुरुमा सोचेभन्दा निकै राम्रो देखिएको बताएकी छन् ।

डाभोसमा आयोजित विश्व आर्थिक मञ्चमा लेगार्डले भनिन्, “पछिल्ला केही हप्तामा आर्थिक सुधारको पाटो निकै सकारात्मक भएको छ ।”

जर्मनीजस्ता केही ठूला अर्थतन्त्रले सङ्कुचनलाई पूर्णतया पन्छाउँदै २० राष्ट्रको समूहमा मन्दीको चर्चाबीच ‘सामान्य सङ्कुचन’ देखिएको उनले बताइन् ।

ईसीबीले सन् २०२३ मा युरो क्षेत्रमा ०.५ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको छ ।

“त्यसैले, यो एक शानदार वर्ष होइन, तर यो हामीले सोचेको भन्दा धेरै राम्रो छ,” लेगार्डले भनिन् ।

गत वर्ष युक्रेनमा भएको युद्धका कारण बढेको ऊर्जाको मूल्य घट्न थालेपछि सुधारको आशा देखिएको हो ।

हल्का जाडो मौसमले पनि ग्यासको अभावको डरलाई कम गर्न मद्दत गरेको छ ।

कम ऊर्जा लागतले युरो क्षेत्रको मुद्रास्फीति अक्टोबरमा १०.६ प्रतिशतमा पुगेको भए पनि गिरावट ल्याउन योगदान पु¥याएको छ ।

उपभोक्ता मूल्य वृद्धि डिसेम्बरमा ९.२ प्रतिशतमा खुम्चिएको छ, जसले मुद्रास्फीतिले अन्ततः आफ्नो चरम सीमा पार गरेको आशालाई बढावा दिएको छ ।

यद्यपि लेगार्डले मुद्रास्फीति अझै पनि ‘धेरै उच्च’ रहेको बताएकी छन् ।

ईसीबीले मुद्रास्फीतिलाई नियन्त्रण गर्न आक्रामक रूपमा ब्याज दरमा वृद्धि गरिसकेको छ र जुलाईदेखि यसको प्रमुख दरहरू २.५ प्रतिशत विन्दुले बढाएको छ ।

लेगार्डले मुद्रास्फीतिलाई ईसीबीको दुई प्रतिशतको लक्ष्यमा फर्काउनका लागि थप ब्याज दर वृद्धि हुने दोहो¥याए ।

“हामी कोर्समा रहनेछौँ,” लेगार्डले भनिन् । (रासस/एएफपी)

वि.सं.२०७९ माघ ६ शुक्रवार ०८:५१ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

आन्त्रोपेन । बेल्जियमको आन्त्रोपेन शहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा...

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

जकार्ता ।  इन्डोनेसियाले देशभर हवाई पहुँच विस्तार तथा यातायात सञ्जाल...

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

वेलिङ्टन ।  न्युजिल्याण्ड सरकारले आन्द्राको क्यान्सरको प्रारम्भिक पहिचानलाई छिटो बनाउन...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...