back
CTIZAN AD

तपाईको आज माघ ८ गते आइतबारको राशिफल भन्छ–आज यी ६ राशिकाले दिनुपर्नेछ विशेष ध्यान !

वि.सं.२०७९ माघ ८ आइतवार

741 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने मौका प्राप्त हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ।

वृष –इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अस्वस्थताले काममा जुट्न नसकिए पनि बाध्यात्मक परिस्थितिबाट मुक्त भइनेछ। काममा श्रम परे पनि राम्रो मूल्य प्राप्त हुनेछ। तर आफ्नो कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्लान्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। काममा दोहोर्याएर प्रयत्न गर्दा फल प्राप्त हुनेछ।

मिथुन –का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। काम बिग्रने भयले सताउनेछ परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। सानो कमजोरीले सुनिश्चित प्रतिफलसमेत हातपार्न नसकिएला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कामको अवसर प्राप्त भए पनि परिस्थितिले अलमल्याउन सक्छ। वादविवादमा अघि नसर्नुहोला। आफन्तसँग सम्बन्ध सुमधुर बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला। प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। तर भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, नयाँ योजना थालनी हुने समय छ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्रोतसाधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। शत्रु र रोगमाथि विजय प्राप्त हुनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिस्थिति सामान्य अनुकूलै रहे पनि अस्वस्थताले काममा बाधा पुग्न सक्छ। घर–व्यवहारले पनि अल्मल्याउन सक्छ। नयाँ काम थाल्न समय पर्खनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। तापनि मिहिनेतले सफलता दिलाउनेछ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ। सन्तान वा अनुयायीको सल्लाह, सहयोगले लाभ दिलाउनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। काम बिग्रने डरले सताउनेछ। अरूको फाइदाका लागि उपयोग भइएला। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। साथीभाइ टाढिनाले रोकिएको काम बनाउन समस्या पर्ला। साझेदारीको सामान्य समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
हिम्मतले काम बन्नेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धी परास्त हुनेछन्।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्नेछन्। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ला। परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।

मकर –भो, ज, जि, खि, खु, खे, खो, गा, गि
भेटघाट र खानपानमा अलमलिनुपर्दा समय बित्नेछ। अस्वस्थताका बाबजुद चुनौतीपूर्ण काममा जुट्नुपर्ला। पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। आफ्ना कमजोरीमाथि गुनासो र टिप्पणी हुन सक्छ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ। आकस्मिक समस्याले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नुपर्ला। समयको प्रतिकूलताले काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। आवश्यक पर्दा शुभचिन्तकहरू समेत टाढा हुनेछन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिनेछ। परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन्। व्यापार तथा साझेदारीमा लाभ हुनेछ। मिहिनेत गर्दा काममा अनुमानभन्दा बढी फाइदा उठाउन सकिनेछ। लाभांशबाट अरूको समेत सेवा गर्न सकिनेछ।

२०७९ माघ ८ गते, आइतवार, (२२ जनवरी २०२३)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज माघ ६ गते शुक्रबारको राशिफल भन्छ–आज यी ६ राशिकालाई हुनेछ विशेष लाभ !

वि.सं.२०७९ माघ ८ आइतवार ०७:३१ मा प्रकाशित

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...