back
CTIZAN AD

प्रधानमन्त्री प्रचण्डद्वारा सोनाम ल्होछारको शुभकामना

वि.सं.२०७९ माघ ८ आइतवार

1.3K 

shares

काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय ल्होछार पर्व–२८५९ ह्योई÷तावर ल्हो (खरायो वर्ष) को शुभकामना व्यक्त गरेका छन् ।

प्रधामन्त्री प्रचण्डले नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति रहेको बताएका छन् ।

‘यो ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो । मानव जातिले पशुपालन र कृषिको शुरुवात गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो । यो क्रममा चन्द्रमाको गतिको आधारमा समय गणना हुन थाल्यो ।’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

यस्तो छ शुभकामना सन्देश
‘तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिहरूको राष्ट्रिय ल्होछार पर्व –२८५९ ह्योई÷तावर ल्हो (खरायो वर्ष) को पावन अवसरमा देशविदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी दाजुभाइहरू सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाली जनताले नेपालमा सात दशक लामो लोकतन्त्रका लागि आन्दोलन गरेको छ र अहिले हामी धर्मनिरपेक्ष, समानुपातिक समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौं । यो आन्दोलनमा नेपाल तामाङ घेदुङ र तामाङ राष्ट्रिय आन्दोलनले खेलेको भूमिकाको उच्च मूल्यांकन र प्रशंसा गर्न चाहन्छु ।
नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको संगमस्थल हो । यहाँ १२५ जातजाति, १२३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्दछन् । यहाँ बसोबास गर्ने सबै जाति÷जातजातिको आ—आफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेका छन् । यी सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति हो । यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीको लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो ।
नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति हो । यो ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो । मानव जातिले पशुपालन र कृषिको शुरुवात गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो । यो क्रममा चन्द्रमाको गतिको आधारमा समय गणना हुन थाल्यो । यही पद्धति अंगालेर तामाङ सभ्यताले सूर्य दक्षिणबाट उत्तरतिर फर्कने छेका अर्थात् चन्द्र पात्रोको माघ शुक्ल प्रतिपदाको दिनदेखि नयाँ वर्ष सुरू हुन्छ भन्ने मान्दछ । कृषिको थालनीसँगै विकास भएकोले यो पर्वलाई सोनाम (किसानहरूको) ल्होछार पनि भन्दछन् ।
नेपालमा मात्र नभएर चीन, मंगोलिया, जापान, कोरिया, हङकङ, भियतनाम, लाओस, थाईल्याण्ड, ताईवान, मलेसिया, सिंगापुर लगायतका मंगोल—चिनिया सभ्यता पुगेका संसारका सबै महादेश र देशहरूमा मनाइन्छ । आज नै कामको सिलसिलामा विश्वका विभिन्न मुलुकहरूमा रोजगारी वा अन्य कामको सिलसिलामा पुगेका नेपाली तामाङ संघ÷संस्थाहरुले समेत ल्होछार पर्व धुमधामसँग मनाउँदै आएका छन् । तामाङ जीवनमा ल्हो परम्पराको ज्यादै ठूलो महत्व छ । यो परम्पराले धार्मिक, सामाजिक, आर्थिक, साँस्कृतिक र स्वास्थ्य जीवनको क्षेत्रमा समेत विशेष महत्व राख्दछ ।
ल्होछार राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि हो । नेपालमा यस्ता ऐतिहासिक एबम् बैज्ञानिक महत्व बोकेको थुप्रै पर्व छन् । तसर्थ राज्यले ल्होसार लगायत सबै सांस्कृतिक पर्वहरूलाई राष्ट्रिय संस्कृतिको प्रवद्र्धन गर्नुपर्दछ । अन्तमा, फेरि पनि सोनाम ल्होछारले समस्त नेपालीहरूमा आपसी सद्भाव, सहकार्य र राष्ट्रिय एकता कायम गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु, धन्यवाद ।’

 

वि.सं.२०७९ माघ ८ आइतवार ०७:५१ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...