back
CTIZAN AD

रूसले मस्को क्षेत्रमा हवाई प्रतिरक्षा तालिम सञ्चालन गरेको दाबी

वि.सं.२०७९ माघ ८ आइतवार

822 

shares

मस्को । रूसी रक्षा मन्त्रालयले शनिबार मस्को क्षेत्रमा हवाई आक्रमण रोक्नका लागि प्रशिक्षण अभ्यास गरेको जनाएको छ ।

“मस्को क्षेत्रमा एन्टी–एयरक्राफ्ट मिसाइल ब्रिगेडका कर्मचारीहरूलाई पश्चिमा सेनाको सैन्य, औद्योगिक र प्रशासनिक सुविधाहरूमा हुनसक्ने हवाई आक्रमणहरू रोक्नको लागि प्रशिक्षण आयोजना गरिएको थियो,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उक्त प्रशिक्षणमा एस–३०० विमानभेदी क्षेप्यास्त्र प्रणाली प्रयोग गरिएको बताइएको छ । उक्त अभ्यासमा १५० सैनिकको सहभागिता रहेको मन्त्रालयले जनाएको छ । तर रुसी राजधानीलाई घेरेको मस्को क्षेत्रमा कहाँ प्रशिक्षण भएको थियो भन्ने बारे भने केही बताइएको छैन ।

शुक्रबार क्रेमलिनले अधिकारीहरूले राजधानीमा हडतालको तयारी गरिरहेको बारे केही बताउन अस्वीकार गरेको थियो । करिब एक वर्षअघि युक्रेनमा आक्रमण सुरु गरेयता रूसले कीभका साथै सीमावर्ती क्षेत्रमा कारण कैयौँ हवाई तथा ड्रोन आक्रमणका साथै स्थल आक्रमण गर्दै आएको छ । (रासस/सिन्ह्वा)

वि.सं.२०७९ माघ ८ आइतवार ०९:३० मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...