Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

छिमेकीले घर बनाउँदा रातभरी सुत्न नसक्ने हाम्रो यो कस्तो मानशिकता ?



thakur-devkotaमेरो अनुभवको आधारमा मानिसका दु:खका कारण त हरेकका आ आफ्नै परिस्थिति एवं मनस्थिति अनुसार फरक फरक होलान् ! तर आज यात्रा गर्दै गर्दा दुई फरक विशेष परिस्थिति हुन कि मनस्थिति खै ! मोह नै पो हो कि जेहोस घटनाको अनुभव गरें /भेटाएँ ।
एउटा घटना यसरी शुरू गरू न त ल ! कसैको घरमा बसिरहेको थिएँ । त्यसै बेला एक जना ख्याउटे चुस्स परेका बयोबृद्ध ब्यक्ति झोली थाप्दै आए ।उनले हल्का रक्सि पनि खाएका रहेछन् । घरको मानिस त त्यो ब्यक्तिसँग बाझ्न पो थाल्छ त बा ! म त अचम्म परे । आफ्नै गाडी छ , बाईक छ , दुईतले मजबुत विल्डींग छ , चल अचल सम्पति राम्रै छ । ब्यापार छ । ऊ भन्दै थियो ‘हिजो आएको किन आज आ ?, हिजो चामल लान्न पैसा मात्र लान्छु भन्या हैन ? रक्सि खानेलाई नि पैसा दिन्छु र म ? अपांगलाई पो दिने त !’ भन्दै आदि मुठी चामल छ्यार्र बोराको छेउ हानेर भाँडो राख्न भित्र गयो । अनि मैले घरवालाले नदेख्ने गरी सानो उपहार हातमा थमाइदिंएँ। धन्यवाद भन्दै थिए अनि मलाई हैन घरवालालाई धन्यवाद दिनुस भनें सुटुक्क । जब भित्रबाट घरवाला या गाडीवाला भनूँ या ब्यापारी साहू भनूँ ऊ आयो अनि धन्यवाद दिएर बृद्ध गए साहू भन्दै थियो ल ल ठीक छ ठीक छ । तीनै जना खुशी भए जस्तो मैले अनुभव गरें । त्यस्तो ब्यक्ति भिखारीसँग डिस्कस गर्छ भने त्यो सुखी छ होला त ?

ल भन्नुस त हाम्रो समाजमा असली भिखारी को होला ? कोही एक भित्ता जग्गाको लागि लडिरहेका छन् सधियार । परिस्थिति होईन मनस्थिति काना ! घरवालाले ढल्ने गरी रक्सि खाएको मैले देखेको थिएँ विचरा ती बृद्ध त एक क्षण भएपनि , बेहोस भएर भएपनि पीर भुल्ने नाममा खाए होलान् सायद । धन भएकाहरू डिस्को , क्लव , नशा अनि भट्टीमा कृतिम अनि क्षणिक आनन्द खोज्दै गल्ली गल्ली भौतारिंदै हिंडी रहेको हामीले अहिले पनि देख्न सक्छौं । ‘सूर्य अस्त नेपाली मस्त ।’ ती बृद्ध त एक छाक खाना पनि किनेर खान नसक्ने परे । खाना लाई पर्छ ढाई दुई सय जति अनि खोया बिर्के त एक दुई गिलास लगाएर चिउरा सम्म किन्न पुग्छ कि खै ! त्यो पनि गारो छ । हामी जस्ता ब्यक्तिको मानसिकता यस्तो छ । अरे बाबा ! मैले यो अपांगलाई पो दिने भन्ने कुरा त धेरै ठाउँमा सुने क्यारे! हैन मैले नबुझ्या हो कि के हो भन्या । अपांगहरू , दुवै आँखा कम्जोर ब्यक्ति , खुट्टा कम्जोर ब्यक्ति , बिभिन्न शारीरिक अशक्त ब्यक्तिहरू कसरी हामी जस्ता गाउँ शहरका केही महा भिखारीको दैलो दैलोमा जान सक्छन् र भन्या । केहो के हो !

अर्को घटना पनि मनस्थिति सँग नै सम्बन्धित छ । साथीको बाबु भएकोले बुबा नमस्कार भनें अनि उहाँले पनि नमस्कार फर्काउनु भो । साथीसँग सम्पर्क नभा धेरै नै भएको थियो अनि मैले साथीको बारेमा सोध्न थालें । सब ठीक छ । बिदेशमा नै छ भन्नु भो । हो त बुबा । उमेर हुँदा त हो नि बिदेशमा काम गर्न जाने । यत्तिकैमा भन्न थाल्नुभो हेर बाबु म भन्दा पछि मधेश आएकोले मेरो भन्दा ठुलो घर बनायो । मलाई त राती निन्द्रा नि लाग्न छोड्यो । टेन्सन हुनथाल्यो भन्नु हन्छ त । छ न त मेरो यति जमिन पनि छ । थोरै बेचेपनि जस्तो चाह्यो त्यस्तै बन्छ के गर्नु । छिमेकीको घर देखेर नै टेन्सन हुनथाल्यो भन्छन् त गाँठे । म अक्क परें । ए बुबा उसले हजुरलाई टेन्सन दिन बनाएको होईन होला आफूलाई चाहिएर बना होला नि ! तपाईंले पहिला नै बनाउनु भो । उसले अहिलेकै डिजाईनमा बनायो भनि भनें मैले । तपाईं छ जनाको परिवारलाई ठीकै देख्छु त, म ।

मैले बजारमा कतिपय मानिस देखेको छु जीवनभर भाडामा बसी सम्राटको जस्तो के भन्नु सम्राटै बनेर जीवन जीएको भनि भनें। अनि ल हेर्नुस त्यो घर तपाईंको भन्दा सानो छ भनि अर्को घर देखाएँ । बुढा हाँस्न थाले । ल हेर्नुस हाम्रो मनस्थिति । आफ्नो भन्दा ठुलो घर छिमेकीले बनायो भनेर पनि आफ्नो भएको घरै बिर्सेर दिनरात टेन्सन लिने अनि आफू भन्दा कमजोर देखे हाँस्ने केहो के हो दुनियाँ । मैले सुनेको थिएँ बिहान जोगी पहिलो घरमा माँग्न जाँदा थैलोमा ढुंगा हालेर जान्छ रे । किनभने मानिसले छिमेकीले दियो म पनि दिन्छु भन्ने सोचेर दिन्छ रे नत्र जोगी पहिलो घरमा आउँदा खाली थैलो नै आयो भने अरूले दिएछैनन् म पनि दिन्न भन्ने मनस्थिति भएर भिक्षा दिंदैनन् रे ! जोगीले मानिसको महा भिखारीपनको कुरा बुझेर यसो गरेको रे नि !

हामी मनस्थितिकै कारणले गर्दा दु:खी भएका हौं भन्ने भनाइलाई जोड्दै सानो उदाहरण है त ! मैले सुनेको एक सन्त तीनजना गिटी कुटिरहेको ब्यक्तिको नजिक गएछन् । तीनजना ब्यक्तिको कमाई पनि बराबर थियो । काम पनि सुबिधा पनि एउटै थियो । सन्तलाई ती तीनैजना ब्यक्तिसँग कुरा गर्न मन लागेछ अनि तीनै जनालाई एउटै प्रश्न सोधेछन् । बाबु के हुदैछ त ! के गर्दै हो ? खबर कस्तो छ भनि प्रश्न गरेछन् । पहिलो ब्यक्ति अलि रिसाहा क्रोधी स्वभावको मनस्थिति भएको ब्यक्ति भएको कारणले गर्दा ठाडो जवाफ दिन्छ । ‘देख्नु भएन के गर्दै छु ?, गिटी कुटिरा नि !’ भन्छ हल्का रिसाय जस्तो भावमा । काम गर्दा नि रिसाय जस्तोगरेर नै गरेको हुन्छ । दोस्रो ब्यक्ति अलि निराशावादी एवं जीवन प्रति उदासिन नैरास्य मनस्थिति भएको हुनाले निराशाजनक जवाफ दिन्छ । ‘के गर्नु हजुर दैनिक गुजारा गर्नु पर्ने अनि जहान केटाकेटी पाल्नु पर्ने रोजीरोटीको लागि गिटी कुटेको हजुर’ भन्ने जवाफ दिन्छ । काम गर्दा नि आलस्य जस्तो निन्याउरो मुख लगाएर गरिरहेको हुन्छ । तेस्रो ब्यक्ति जीवन प्रति सकारात्मक प्रवृति भएको एवं हरेक झिना मसिनाका कुराबाट पनि आनन्द लुट्नसक्ने सकारात्मक मनस्थिति भएको ब्यक्ति हुनाले मस्त एवं आनन्दित हुँदै गीत गुनगुनाउँदै काम गरिरहेको हुन्छ । अनि भन्छ ‘मैले कुटेका गिटीले मन्दिर/ मस्जिद/ चर्च/ गुम्बा/ गुरूद्धारे/ पिरामिड/ स्कुल आदि लगाएत ठुला साना महल अनि पक्कि बाटाहरू बनेका छन् हजुर । म त यसैमा आनन्दित छु, उही परमात्माको लागि काम गरिरहेछु हजुर’ भन्दै मुस्कुराउँदै जवाफ दिन्छ । ल हेर्नु भो त । त्यसकारण हामीले यो कुरा बुझ्न अत्यन्त जरूरी छ कि परिस्थितिले हामी दु:खी भएका छैनौ हाम्रो आफ्नै मनस्थितिको कारणले हो । त्यसकारण वर्तमान जीवनलाई महत्व दिई प्रेमपूर्ण बनी आनन्द लुट्न सिकौं । हामी कस्ता कोही भिखारी माग्न आयो भने लाखौ सम्पत्तिको मालिक भएर पनि एक मुठी चामलको लागि सवाल जवाफ गर्छौं भिखारीसँग हामी नै महाभिखारी मनस्थिति बोकेर अनि छिमेकीको देखेर डाह एवं जलनको पीडा पनि महशुष गरिरहेका छौं हाम्रो मनको स्थिति =मनस्थितिको कारणले ।…..

ठाकुर देवकोटाजीको फेसबुक वालबाट लिइएको


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्