back
CTIZAN AD

टाटासुमोमा च्यापिएर एक व्यक्तिको मृत्यु

वि.सं.२०७३ चैत २४ बिहीवार

693 

shares

२४ चैत, पर्सा। वीरगन्ज– ठोरी सडक खण्डको महुवनमा आज बिहान भारतीय नम्बरको टाटासुमो पल्टिँदा एक नेपाली नागरिकको मृत्यु भएको छ ।

पर्साको पटेर्वा गाविसबाट वीरगन्जतर्फ आउँदै गरेएको बि आर १ पि ८५५४ नम्बरको टाटासुमो महुवन गाविस नजिकैको गण्डक नहर बाटोमा पल्टिँदा वाहनमा सवार पटेर्वा–७ निवासी ४७ वर्षीय थारु मुखिया विणको च्यापिएर घटनास्थलमै मृत्यु भएको हो ।

भारतीय नम्बरको वाहनमा परिवारका अन्य सदस्यसहित वीरगन्जतर्फ आउँदै गरेको बेला वाहन अनियन्त्रित भई पल्टिँदा च्यापिएर विणको मृत्यु हुनका साथै वाहनमा सवार रहेका अन्य दुई जनासमेत घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

उहाँले वाहनमा सवार विणका १५ वर्षीया छोरी काजलकुमारी विणसहित दुई जना घाइते भएको बताउनुभयो । घाइतेको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रवक्ता जोशीको भनाइ छ ।

गण्डक नहर बाटोमा रहेका खाल्डो र सवारीसाधनको गति समेत बढी रहेका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । दर्घटनापछि वाहन चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ ।

मृतक विणको शव परीक्षणका लागि वीरगन्जको उपक्षेत्रीय अस्पतालमा ल्याइएको छ ।

वि.सं.२०७३ चैत २४ बिहीवार ०६:४५ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...