back
CTIZAN AD

आङकाजीलाई लाग्ने साइबर कानुन ‘बलात्कार’ गर्छु भन्नेलाई किन लाग्दैन ?

वि.सं.२०७३ चैत २४ बिहीवार

891 

shares

sarin2हाम्रो राजनीतिक विचारधारा सबैको फरक हुनसक्छ वा गुट, दल पनि भिन्न हुनसक्छ । मेरो पनि त्यहि हो, अनि विचारधारा पनि अलिक फरक छ । त्यसैले देश लोकतन्त्रबाट गणतन्त्रमा प्रवेश गरिसकेको अवस्थामा पनि देशमा हुने गरेको या सामाजिक कार्यमा हुने जुनसुकै गतिविधिहरूमा आफूलाई चित्तबुझ्दो हुँदा वा नुहुँदा स्वन्त्रताका साथ समर्थन वा विरोध गर्न पाउने अधिकार आम नेपाली जनता सबैमा निहित छ ।
जसअनुसार आन्दोलनको क्रममा नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीको भाषिक समस्याको कारण हाड नभएको जिब्रो लटपटिँदै निक्लेको अभिव्यक्ति प्रति मैले पनि आफ्नो भनाइ राखेकि छु । यमीले नारा लगाउने क्रममा जे भन्न खोजिएको हो, त्यो नभइ अर्कै शब्द प्रयोगमा ल्याइएको भन्दै आफूबाट भएको गल्ती सहर्ष स्विकार्दै आम नागरिकसँग क्षमा याचना सहित स्पष्टीकरण पनि दिइसकेकी छन् । उनको त्यो आत्मालोचना सहितको महानतालाई मैले पनि हृदयदेखि सम्मान गरे । अनि नेतामा हुनुपर्ने गुण पनि देखे । गल्तीका कारण जे जुन अवस्थामा जसरी भएको भए पनि गल्तीलाई आत्मग्लानि सहित जनतासँग माफी माग्नु इमानदारिताको एक नमुना मान्ने गर्छु म, जुन मैले यमी जीबाट पाएँ ।
तर, आज देशमा दिनदहाडै भ्रष्टाचार र कालोबजारी हुन्छ । देशको नदि–नाला सिमाना अनेकौँ बहानामा भारतलाई सुम्पिने नेताहरूले कहिल्यै भनेनन् मैले गल्ती गरे र अब गर्दैनौ भनेर । जनताहरुसँग कहीँल्यै माफी मागेनन् । तर, उल्टै राज्यको ढुकुटीमा मोज गर्दै नेपालको राजनीतिलाई भारतको हातमा सुम्पेर नेपाली जनताहरूको भविष्यलाई अनिर्णयको बन्दी बनाउँदै खेलबाड गरिरहेका हुन्छन । यति हुँदा सम्म पनि हामीले यसरी तल्लोस्तरमा गिरेर सामाजिक मापदण्डलाई बिर्सने कार्य कहिल्यै गरेनौ ।

तर, आज एक सचेत नेपाली महिला भएको नाताले हिसिला यमी र उनकी छोरी मानुषीलाई सामाजिक सञ्जाल (फेसबूक) को चरम दुरुपयोग गर्दै ‘खुलमखुला बलात्कार गर्छु, खोजी–खोजी बलात्कार गर्छु’ भन्ने र बलात्कार गर्दा ‘सहयोग’ गर्छु भनेर प्रतिक्रिया दिँदा नेपालको कानुन र महिला अधिकारको धज्जी उडाउँदै नारी अस्मिता माथि नै आघात हुने गरि पुरुष अहंकारमा लिप्त भई सामाजिक मापदण्डलाई नै चुनौती दिएको देखेर दलगत वा राजनीतिक स्वार्थमा लागेर म लगायत कोही कुनै पनि सचेत महिला होस या सचेत पुरूष उनीहरूको मानवीय धर्मले कदापि चुपचाप बस्न दिँदैन ।

जसअनुसार आज तीनै कानुनका धारा उपधाराहरूमा लेखिएको नेपालको कानुन जसमा दोषीलाइ निर्दोष र निर्दोषलाई दोषी बनाउन सक्ने हाम्रो देशको कानुनको तराजुलाई आज पुनः प्रवास भूमिबाट म शरिनले प्रश्न गर्दै छु ।
बहु जातीय नेपाली जनताहरूको जातीय अस्तित्व र समानुपातिक हक अधिकारको माग राख्नु हुने मुलवासी छोरा पहिचानबादी नेता आङकाजि शेर्पालाई बिना कारण सञ्जालमा आफ्नो जातीय अस्तित्वको भाव कोर्दा सञ्जाल दुरुपयोग ग¥यो तथा जातीय द्वन्द्व निम्त्यायो भनेर अनावश्यक मनगढन्ते आरोप लगाइयो । उनलाई आतङ्ककारी शैलीमा बौद्धबाट पक्राउ गर्न सक्ने नेपाल सरकार र कानुनले आज खुलमखुला कसैको छोरी, आमा र कसैको श्रीमतीलाइ यसरी बलात्कार गर्छु भनेर चुनौती दिँदा वा दिइरहेको अवस्थामा के हेरेर बसिरहेको छ ? अहिले महिला राष्ट्रपति, महिला सभापति र महिला प्रधान न्यायाधीश हुँदा हुँदै पनि हाम्रो देशमा यी यस्ता सञ्जाल दुरुपयोगिहरूलाई नेपाल सरकारले साइबर अपराधको कानुनले बाँधेर कानुनको कठघरामा किन उभ्याउन सकेन ?
यस्तो अवस्थामा मैले भन्नू नै पर्ने हो, त आँखा कान मुख भएर पनि आजीवन आँखामा पट्टि बाँधेर बस्ने हाम्रो देशको गान्धारी कानुन कसको गोजीमा वा किन मौन भई सुतेको नाटक गरि बसिरहेको छ ? किन यी यस्ता विकृतिवाहक दुर्गन्धहरूलाई नेपालको साइबर कानुनले छुट दिइराखेको छ ? अहिले सम्म कानुनी कठाघरामा ल्याउन किन सकेको छैन ।

यस सम्बन्धी थप जान्नका लागि यहाँ क्निलक गर्नुहोस् ।

https://sansarnews.com/?p=35278

वि.सं.२०७३ चैत २४ बिहीवार ०८:०४ मा प्रकाशित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...