back
CTIZAN AD

हङकङको ट्रान्जिट भिसाकाे समस्या हटाइदिन एनआरएनए मकाउकाे माग

वि.सं.२०७९ माघ १७ मंगलवार

1.2K 

shares

काठमाडौं । गैर आवासीय नेपाल संघ (एनआरएनए) मकाउले हङकङको ट्रान्जिट भिसाको समस्या हल गर्न सरकारसँग माग गरेको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पाँच बुँदे ध्यानाकर्षण पत्र दिँदै एनआरएनए मकाउका यस्तो माग गरेको हो ।

नेपालदेखि मकाउसम्म सिधा हवाई सेवा नरहेको र हङकङमा ट्रान्जिट भिषा लिनुपर्ने अवस्था रहेको कारण नेपाली कामदारहरु समस्यामा परेको एनआरएनए मकाउकाे भनाई छ । एनआरएनए मकाउले सम्भव भए नेपालदेखि मकाउसम्मको सिधा हवाई सम्पर्कको व्यवस्था गर्न माग गरेको छ । त्यस्तो भएमा नेपालदेखि मकाउमा जान र मकाउमा पर्यटक नेपाल आउन पनि सहज हुने एनआरएनए मकाउको भनाई छ ।

यस्तै, एनआरएनए मकाउले नेपालमा विप्रेषण पठाउन वैधानिक च्यानलको व्यवस्था गरिदिन सरकारसँग माग गरेको छ । पैसा पठाउने वैधानिक नहुँदा मकाउमा रहेका नेपालीहरु ‘हुण्डी’को प्रयोग गर्न बाध्य भएको एनआरएनए मकाउको गुनासो छ । एनआरएनए मकाउले सरकारकै पहलमा रेमिट्यान्स कम्पनी खोलिदिन आग्रह गरेको छ ।

यस्तो छ प्रधानमन्त्रीसँग एनआरएनए मकाउको पाँच बुँदे माग

१. नेपाल र मकाउबीच सिधा हवाई सम्पर्क छैन । यसै सम्बन्धमा नेपालीहरु यहाँसम्म पुग्न विभिन्न देशको बाटो हँुदै धेरै समय र पैसाको लगानी गरी जाने गरेका छन् । हामी सरकारसँग यो आग्रह गर्दछाैं कि कम्तिमा हप्तामा एक वटा फ्लाइटको व्यवस्था गरेमा विश्वकै प्रसिद्व पर्यटकीय स्थल मकाउबाट नेपालमा थप पर्यटक पनि आकर्षित गर्न सकिन्छ ।

२. यदि सिधा हवाई सम्पर्क सम्भव नभएको अवस्थामा हङकङबाट बस अथवा फेरि प्रयोग गरी छोटो समयमै मकाउ पुग्न सकिन्छ । हङकङ सरकारले नेपालीहरुको लागि ट्रान्जिट भिषाको व्यवस्था त गरेको छ तर, जुन निकै झन्झटिलो र धेरै समय लाग्ने हुँदा यो व्यवस्था हटाउन प्रधानमन्त्रीले विशेष पहल गरेमा यहाँका नेपालीहरु लाभान्वित हुने थिए । पहिला पनि अनौपचारिकरुपमा पहल भएको तर, ठोस निष्कर्षमा पुग्न नसकेकाले यस पटक हङकङ र नेपाल दुवैतिर नयाँ कार्यपालिका भएकाले ठोस नजिताको अपेक्षा राख्दछौं ।

३. चिनियाँ व्यापारीहरु विशेषगरी होटल तथा पर्यटन र क्यासिनो क्षेत्रमा लगानी गर्न आकर्षित रहेका छन् । तर, लगानी सुरक्षीत सुनिश्चिततामा शंका व्यक्त गरेको सन्दर्भमा बिप्पा सम्झौतालगायतको पूर्ण कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको कुरा चीनस्थित नेपाली राजदूतावास र हङकङस्थित महावाणिज्यदूतमार्फत पहल गर्न निर्देशन गरेमा त्यसले निकै सकारात्मक अवस्था ल्याउनेछ ।

४. सामान्यतया संसारका धेरै देशमा मानिसहरु अनअराइभल भिषामा बिना रोकतोक हङकङ घुम्न सक्छन् । तर, यति धेरै नेपाली रहेका र नजिक भएर पनि नेपालीहरुले भिषा नै नपाउने अवस्था रहेको छ । यो अवस्थालाई अन्त्य गर्न सरकारबाट चिनियाँ राजदुतमार्फत सहज आवागमनको व्यवस्थाको लागि पहल गरिदिनुहुन अनुरोध गर्दछौं ।

५. विगत लामो समयदेखि नेपालीहरु उच्च तलबमा काम गरिरहेका छन् तर, कमाएको रकम नेपाल पठाउन एउटा पनि स्वदेशी रेमिट्यान्स कम्पनी नभएको सन्दर्भमा अधिकांशले बाध्यताबस हुन्डीको प्रयोग गर्दै छन् । जुन सरकारको लागि करोडौं डलरको घाटा र गैरकानुनी पनि छ । त्यसैले सरकारी तबरबाट केही रेमिट्यान्स कम्पनी स्थापना गर्न सके यस आर्थिक संकटको बेलामा निक्कै फाइदा पुग्ने अपेक्षा राखेका छौं ।

वि.सं.२०७९ माघ १७ मंगलवार २०:५२ मा प्रकाशित

आहा ! श्रीमञ्ज्याङ लामागाउँ

आहा ! श्रीमञ्ज्याङ लामागाउँ

श्रीमञ्ज्याङ (दोर्दी) । लमजुङको दोर्दी गाउँपालिका–३ स्थित श्रीमञ्ज्याङ लामागाउँ प्रकृति,...

यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । आज देशका विभिन्न भू–भागमा आंशिक बदलीदेखि बर्सातको सम्भावना...

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

कीर्तिपुर (काठमाडौँ) । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र...

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

म्याग्दी (बेनी) । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले...

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ । यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...