back
CTIZAN AD

क्यानद्धारा सन्दीपमाथिको निलम्बन फुकुवा

वि.सं.२०७९ माघ १८ बुधवार

783 

shares

काठमाडौं । नेपाल क्रिक्रेट संघ (क्यान) ले नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ ।

पोखरामा मंगलबार सम्पन्न क्यान कार्यसमिति बैठकले सन्दीपमाथि लागेको निलम्बन फुकुवा गरेको हो ।

एक १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा क्यानले भदौ २३ गते लामिछानेलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो । सो निलम्बनसँगै लामिछानेको कप्तान पद पनि गुमेको थियो ।

क्यानले उनीमाथि गरिएको निलम्बन फुकुवा सम्बन्धमा विस्तृत रुपमा आज सार्वजनिक गर्ने जनाएको छ ।

यद्यपी पाटन उच्च अदालतको आदेशमा २० लाख धरौटीमा रिहा भएका लामिछानेलाई थुनामै राख्न भन्दै मंगलबार सर्वोच्चमा निवेदन परेको छ ।

उच्च अदालत पाटनले लामिछानेलाई गत पुस २८ गते २० लाख धरौटीमा रिहा गर्न दिएको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई थुनामै राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको हो ।

वि.सं.२०७९ माघ १८ बुधवार ०८:२० मा प्रकाशित

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...