back
CTIZAN AD

बजारमा लैजान ठिक्क पारिएको ११ क्विन्टल बढी अखाद्य मह नष्ट

वि.सं.२०७९ माघ १८ बुधवार

723 

shares

कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटास्थित वडा प्रहरी कार्यालयले बरामद गरेको ११ क्विन्टल ४० किलो अखाद्य मह नष्ट गरेको छ । प्रहरीले उक्त अखाद्य मह शिवराज नगरपालिका–३ बाट बरामद गरी नष्ट गरेको हो ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीका अनुसार सो परिमाणको मह ७६ डिब्बामा बेच्नका लागि अन्यत्र पठाउन लागिएको अवस्थामा बरामद गरिएको हो । विभिन्न हानिकारक तत्व मिसाएर बनाइएको सो महको बजार मुल्य रु दुई लाख ८५ हजार रहेको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुबाट प्रहरी नायव निरीक्षक लिला बहादुर बोहराको कामाण्डमा खटिएको मोबाईल गस्ती टोलीले चिनी पगालेर बनाए जस्तो देखिने १५ लिटरको ७६ वटा प्लाष्टिकका डिब्बामा राखिएको उक्त नक्कली मह बरामद गरेको हो ।

वि.सं.२०७९ माघ १८ बुधवार ०८:३३ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...