back
CTIZAN AD

नेशनल लाईफको तीनदिने ब्रान्च म्यानेजर कन्फरेन्स सम्पन्न

वि.सं.२०७९ माघ १८ बुधवार

597 

shares

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी तीन दिने ब्रान्च म्यानेजर कन्फरेन्स सम्पन्न गरेको छ ।

‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराको साथ संचालन गरिएको कन्फरेन्समा १५० जना भन्दा बढिको सहभागिता रहेको थियो । चालु आर्थिक वर्षको बाँकी अवधिको व्यवसायिक खाका कोर्ने उद्धेश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।

कम्पनीका शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बीमा व्यवसायसँग सम्बन्धित वर्तमान अवस्था बारे ब्रिफिङ गरिएको थियो ।

सीइओ खत्रीले बीमा व्यवसाय प्रतिस्प्रर्धात्मक र जटिल हुँदै गइरहेको स्थितिमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हासिल गर्न सहयोग गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा कम्पनीका सहायक महाप्रवन्धक प्रज्वल सायमीले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने विभागीय काम कार्यवाहीमा शाखा कार्यालयको भूमिकाको बारेमा प्रस्तती दिएका थिए । यस्तै, कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक तरुण ओझाले व्यक्तित्व विकास सम्बन्धमा र प्रोडक्ट मिक्सिङका प्राविधिक पक्षहरुको बारेमा प्रशिक्षण दिएका थिए ।

वि.सं.२०७९ माघ १८ बुधवार ०८:५३ मा प्रकाशित

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...