back
CTIZAN AD

२०२३ मा विश्वको अर्थतन्त्र २.९ प्रतिशतले सुधारिने आईएमएफको प्रक्षेपण

वि.सं.२०७९ माघ १८ बुधवार

651 

shares

काठमाडौं । अन्तर्राष्ट्रिय मनिटरी फण्ड (आईएमएफ)ले सन् २०२३ मा विश्वको अर्थतन्त्र २.९ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।

आईएमएफले पछिल्लो प्रतिवेदन सार्वजनिक गर्दै यसअघि गरेको प्रक्षेपणको तुलनामा ०.२ प्रतिशतले विश्व अर्थतन्त्र सुधारिने आंकलन गरेको हो । यसअघि, आईएमएफले सन् २०२३ को अर्थतन्त्र २.७ प्रतिशतले सुधारिने प्रक्षेपण गरेको थियो ।

रुस युक्रेन युद्धका बाबजुद विश्व बजारमा इन्धनको मूल्य सस्तिँदा विश्वभर आर्थिक गतिविधि बढ्दा अर्थतन्त्र सुधारिने प्रक्षेपण आईएमएफको छ । यस्तै, यसअघि आईएमएफले सन् २०२२ विश्वको अर्थतन्त्र ३.२ प्रतिशतले सुधारिने प्रक्षेपण गरेकोमा ३.४ प्रतिशतले सुधारिएको छ । यस्तै, सन् २०२४ मा विश्व अर्थतन्त्र ३.१ प्रतिशतले बढ्ने प्रक्षेपण समेत आईएमएफको छ ।

आईएमएफले सन् २०२३ मा विश्व अर्थतन्त्र २.९ प्रतिशतले सुधारिने भएपनि बेलायतको अर्थतन्त्रमा संकुचन आउने प्रक्षेपण गरेको छ । आईएमएफका अनुसार यो वर्ष बेलायतको अर्थतन्त्र ०.६ प्रतिशतले ऋणात्मक हुनेछ । यो विकसित तथा सबल अर्थतन्त्र भएका मुलुकहरुमध्ये सबैभन्दा ठुलो संकुचन हो ।

यस्तै, अमेरिकाको अर्थतन्त्र १.४ प्रतिशतले बढ्ने छ भने युरो क्षेत्रको अर्थतन्त्र ०.७ प्रतिशत, फ्रान्सको ०.७, जर्मनीको ०.१, इटालीको ०.६, स्पेनको १.१ र जापानको अर्थतन्त्र १.८ प्रतिशतले बढ्ने छ । यसैगरी, छिमेकी चीन र भारतको अर्थतन्त्र क्रमशः ५.२ र ६.१ प्रतिशतले बढ्नेछ । युक्रेनमा सैन्य हमला गरिरहेको रुसको अर्थतन्त्र समेत यो वर्ष सुधारिने छ । रुसको अर्थतन्त्र सन् २०२३ मा ०.३ प्रतिशतले सुधारिने छ ।

वि.सं.२०७९ माघ १८ बुधवार ०९:०३ मा प्रकाशित

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...