back
CTIZAN AD

प्रधानमन्त्रीलाई अझै २ दिने रास्वपाको निर्णय

वि.सं.२०७९ माघ १९ बिहीवार

687 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई दिन समय दिने भएको छ ।

सो पार्टीको बिहीबार बसेको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्रीले गृहमन्त्रालयका विषयमा निर्णय गर्नका लागि मागेको दुईदिन समयमा सहमत हुँदै प्रधानमन्त्रीलाई अझै दुईदिन कुर्ने निर्णय गरेको सो पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिएका छन् ।

‘राजनीतिक परिस्थितिलाई मुल्यांकन गरेर शुक्रबार र शनिबारको समय कुर्ने र थप छलफल गरेर निर्णय लिने भनेर समय दिएका हौं । दलहरुले राजनीतिक इमान्दारिता नदेखाएमा पार्टीले जे निर्णय पनि लिन सक्छ ।’ प्रवक्ता ढकालले भने ।

नागरिकता विवादमा रास्वपाका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री र सांसद पदबाट राजीनामा दिनु् परेपछि खाली रहेको गृहमन्त्रालयमा रास्वपाले आफ्नो दावी गर्दै आएको छ । गत शुक्रबार सर्वोच्चको फैसलापछि पुनः नेपाली नागरिकता लिएका लामिछानेले तत्कालै आफुलाई गृहमन्त्रीमा नियुक्त गर्न प्रधानमन्त्री समक्ष आग्रह गरेका थिए । तर, प्रधानमन्त्रीले भने सर्वोच्चको फैसलाको पूर्णपाठ नआउँदा सम्म रास्वपालाई गृह दिन नमिल्ने बताउँदै आएका छन् ।

रविले छाडे सत्ता गठबन्धनमा कति पर्ला असर ?

वि.सं.२०७९ माघ १९ बिहीवार २१:०२ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...