Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

अमेरिकाले जफत गरेको रुसी रकम युक्रेनको सहयोगमा प्रयोग गरिने



वासिङ्टन । अमेरिकाले जफत गरिएको रुसी रकम युक्रेनको सहयोगका निम्ति प्रयोग गर्न अनुमति दिएको छ । महान्यायाधिवक्ता मेरिक गारल्याण्डले जफत गरिएको रुसी रकम युक्रेनको सहयोगका निम्ति उपयोग गर्न अनुमति दिइएको बताएका छन् ।

महान्यायाधिवक्ता गारल्याण्ड र युक्रेनी अभियोजक जनरल एन्ड्री कोस्टिनबीच यहाँ भएको भेटवार्तापछि अमेरिकाले रुसी रकम युक्रेनको सहायताका निम्ति खर्च गर्न अनुमति दिएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । रुसले छिमेकी युक्रेनमाथि आक्रमण गरेको करिब एक वर्षपछि अमेरिकाले उक्त घोषणा गरेको हो ।

रुसी धनाड्य कोन्स्टान्टिन मालोफेयेभबाट जफत गरिएको सम्पत्ति युक्रेनको प्रयोगका निम्ति उपयोग गर्ने अधिकार प्रत्यायोजना गरिएको महान्यायाधिवक्ता गारल्याण्डले केबल न्युज नेटवर्क (सिएनएन)लाई बताएका छन् । अभियोजक कोस्टिनले अमेरिकी निर्णयको स्वागत गर्दै मालोफेयेभबाट जफत गरिएको ५४ लाख अमेरिकी डलर युक्रेनको पुनर्निर्माणमा उपयोग गरिने बताएका छन् । राज्यको सम्पत्ति हत्याएका व्यक्तिको सम्पत्तिमाथि कारबाही गर्ने अमेरिकी नयाँ कानुनको उनले खुलेर प्रशंसा गरेका छन् ।

सबै युक्रेनी कुनै न कुनैरूपमा जारी युद्धबाट पीडित भएका, उनीहरूले व्यहोरेको क्षतिको पूर्ति सुनिश्चित गर्नु आफ्नो दायित्व भएको उल्लेख गर्दै अभियोजक कोस्टिनले सामाजिक सञ्जाल ट्विटरमा अपराधीले क्षतिको भुक्तानी गर्नुपर्ने बताएका छन् । (रासस÷एएफपी)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम