back
CTIZAN AD

अमेरिकाले जफत गरेको रुसी रकम युक्रेनको सहयोगमा प्रयोग गरिने

वि.सं.२०७९ माघ २१ शनिवार

714 

shares

वासिङ्टन । अमेरिकाले जफत गरिएको रुसी रकम युक्रेनको सहयोगका निम्ति प्रयोग गर्न अनुमति दिएको छ । महान्यायाधिवक्ता मेरिक गारल्याण्डले जफत गरिएको रुसी रकम युक्रेनको सहयोगका निम्ति उपयोग गर्न अनुमति दिइएको बताएका छन् ।

महान्यायाधिवक्ता गारल्याण्ड र युक्रेनी अभियोजक जनरल एन्ड्री कोस्टिनबीच यहाँ भएको भेटवार्तापछि अमेरिकाले रुसी रकम युक्रेनको सहायताका निम्ति खर्च गर्न अनुमति दिएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । रुसले छिमेकी युक्रेनमाथि आक्रमण गरेको करिब एक वर्षपछि अमेरिकाले उक्त घोषणा गरेको हो ।

रुसी धनाड्य कोन्स्टान्टिन मालोफेयेभबाट जफत गरिएको सम्पत्ति युक्रेनको प्रयोगका निम्ति उपयोग गर्ने अधिकार प्रत्यायोजना गरिएको महान्यायाधिवक्ता गारल्याण्डले केबल न्युज नेटवर्क (सिएनएन)लाई बताएका छन् । अभियोजक कोस्टिनले अमेरिकी निर्णयको स्वागत गर्दै मालोफेयेभबाट जफत गरिएको ५४ लाख अमेरिकी डलर युक्रेनको पुनर्निर्माणमा उपयोग गरिने बताएका छन् । राज्यको सम्पत्ति हत्याएका व्यक्तिको सम्पत्तिमाथि कारबाही गर्ने अमेरिकी नयाँ कानुनको उनले खुलेर प्रशंसा गरेका छन् ।

सबै युक्रेनी कुनै न कुनैरूपमा जारी युद्धबाट पीडित भएका, उनीहरूले व्यहोरेको क्षतिको पूर्ति सुनिश्चित गर्नु आफ्नो दायित्व भएको उल्लेख गर्दै अभियोजक कोस्टिनले सामाजिक सञ्जाल ट्विटरमा अपराधीले क्षतिको भुक्तानी गर्नुपर्ने बताएका छन् । (रासस÷एएफपी)

वि.सं.२०७९ माघ २१ शनिवार २०:३७ मा प्रकाशित

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

इजरायल । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...