back
CTIZAN AD

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भइन् उर्मिला

वि.सं.२०७९ माघ २३ सोमवार

828 

shares

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी नेतृ उर्मीला अर्याल निर्विरोध निर्वाचित भएकी छन् ।

आइतबारको भएको मनोनयन दर्ताका क्रममा सत्तारुढ गठबन्धन दलबाट अर्यालको मात्र उम्मेदवारी परेपछि राष्ट्रिय सभाको उपाध्यक्षमा पदमा अर्याल निर्विरोध निर्वाचित भएकी हुन् ।

आइतबारै निर्विरोध निर्वाचित भइसकेकी अर्याललाई सोमबारको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

माओवादी केन्द्रको स्थायी समिति सदस्य समेत रहेकी अर्याल पूर्वस्थानीय विकास मन्त्रीको समेत जिम्मेवारी सम्हालि सकेकी छन् । विसं २०१३ असोज २० गते बलराम अर्याल र जगतमायाको सुपुत्रीका रुपमा पर्सामा जन्मिएकी अर्याल तत्कालीन नेकपाको चौथो महाधिवेशनबाट वामपन्थी आन्दोलनमा लागेकी हुन् । अर्याल गत वर्ष भएको राष्ट्रियसभाको निर्वाचनमा मधेश प्रदेशबाट निर्वाचित भएकी थिइन् ।

 

 

वि.सं.२०७९ माघ २३ सोमवार १२:४३ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...