back
CTIZAN AD

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह नियुक्त

वि.सं.२०७९ माघ २६ बिहीवार

1.2K 

shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् ।

विश्वासको मत नपाएर यसअघि मुख्यमन्त्री रहेका राजेन्द्र रावल पदमुक्त भएपछि प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा ठूलो दल रहेको नेपाली कांग्रेस संसदीय दलका नेता शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाहलाई नियुक्त गरेका हुन् ।

विहीबारको प्रदेश सभा बैठकमा विश्वासको मत नपाएपछि गठबन्धनका तर्फबाट पुस २७ गते मुख्यमन्त्री बनेका एमालेका राजेन्द्र रावल एकमहिनामै पदमुक्त भएका हुन् ।

गठबन्धनभित्रै रहेर सरकारलाई समर्थन गरेको रन्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि रावल पदमुक्त भएका हुन् । सो पार्टीले टिकापुर घटनाको आरोपमा जेलमा रहेका आफ्ना पार्टीका नेता रेशम चौधरी लगायतका नेताहरुलाई रिहा गर्न माग गर्दै आएको छ ।

पदमुक्त भए सुदूरपश्चिमका मुख्यमन्त्री रावल

 

वि.सं.२०७९ माघ २६ बिहीवार १९:५३ मा प्रकाशित

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...