लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष तथा प्रवक्ता भरत चोङवाङले पाएका छन् ।
अध्यक्ष प्रेम गाहामगर यही सोमबार नेपाल जाने भएपछि गाहामगरले आफ्नो पदीय जिम्मेवारी चोङवाङलाई सुम्पेका हुन् ।
भरत गाहामगरका विश्वासपात्र र अप्ठेरो परिस्थितिमा समेत साथ दिने सहकर्मी मानिन्छन् ।
संघको विधान बमोजिम चोङवाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेको जनाउंदै गाहामगरले संघको काम कारवाही थप प्रभावकारी हुने आशा पनि व्यक्त गरेका छन् ।
अध्यक्ष गाहामगरले आफ्नो नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष के पी शर्मा ओली, परराष्ट्रमन्त्री, डा. विमला राई पौड्याल लगायत मन्त्रिपरिषदका वरिष्ठ सदस्यहरु र पार्टी नेताहरुलाई भेटी वंशजको नेपाली नागरिकता निरन्तरता सम्बन्धमा ज्ञापनपत्र बुझाउने तयारी गरिएको पनि जानकारी दिए ।
वि.सं.२०७९ फागुन १ सोमवार १७:३६ मा प्रकाशित





























