back
CTIZAN AD

गोँगवुमा आन्दोलनका क्रममा प्रहरीको गाडी जलाउने पाँचजना पक्राउ

वि.सं.२०७९ फागुन ४ बिहीवार

657 

shares

काठमाडौं । यातायात मजदुरको आन्दोलनका क्रममा प्रहरीको गाडी जलाउने तथा तोडफोड गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

सोमबार माछापोखरी चोकमा ट्राफिक प्रहरीको कारबाही लगायतका विभिन्न १० बुँदे माग राखी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका यातायात व्यवसायीहरूले गरेको आन्दोलनका क्रममा प्रहरीको गाडीमा तोडफोड गरी आगो लगाउने पाँच जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

प्रर्दशनका क्रममा उनीहरुले प्रहरीका सुरक्षाकर्मी चढेको बा २ झ १४४ नम्बरको स्करपियो र बा १ झ ७२२४ नम्बरको माज्दा गाडी र गाडीभित्र रहेका विभिन्न सामग्री जलाएका थिए ।

उक्त घटनामा संलग्न व्यक्तिहरूको विभिन्न सामाजिक सञ्जालहरूमा पोष्ट गरीएका भिडियोहरूको आधारमा हुलिया पहिचान गरी बालाजुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा उदयपुर बलमता गाउपालिका २, हाल काठमाण्डौ तार्केश्वर नगरपालिका १०, मनमैजु वस्ने पर्शुराम राईका छोरा ४० वर्षीय बिक्रम राई, नुवाकोट पञ्चकन्या गाउपालिका ३, हाल काठमाण्डौको टोखा नगरपालिका ३ बानियाटार वस्ने कुल बहादुर भण्डारीका छोरा ३० वर्षीय रामहरी भण्डारी पक्राउ परेका हुन् ।

त्यस्तै लमजुङ वेशीशहर ५, हाल तार्केश्वर नगरपालिका १० मा वस्ने दिपेन श्रेष्ठका २३ वर्षीय छोरा विवेक श्रेष्ठ, काभ्रेपलान्चोक मानेडाडाँ गाउपालिका, हाल काठमाण्डौ बस्ने रत्न बहादुर तामाङका छोरा ३१ वर्षीय राजेश तामाङ र प्युठान कडी गाउपालिका १, हाल गोंगवु वस्ने सुरज पुन मगरको छोरा १८ वर्षीय दिपेन्द्र पुन मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै काभ्रेपलान्चोक भुम्लु गाउपालिका २, हाल काठमाण्डौ महानगरपालिका वडा नं.१६ मा बस्ने गकुल खड्काको २० वर्षीय छोरा आशिष खड्का पनि पक्राउ परेका छन् ।

उक्त घटनामा संलग्न रहेको आरोपमा ९/१० जना अन्य व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिई सोधपुछ तथा छानविन कार्य भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७९ फागुन ४ बिहीवार ०८:१६ मा प्रकाशित

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

सुदूरपश्चिम । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...