back
CTIZAN AD

खल्तीबाट फ्लाइट टिकट किन्दा बम्पर उपहार पाइने

वि.सं.२०७९ फागुन ४ बिहीवार

759 

shares

काठमाडौं । खल्तीले प्रयोगकर्ताहरूका लागि आफ्नो फ्ल्यागशिप अफर फेरि लिएर आएको छ । जसमा खल्तीमार्फत उडान टिकट बुक गरी बम्पर पुरस्कारको रूपमा वनप्लस ११ स्मार्टफोन जित्ने मौका पाउनेछन् । साथै, प्रत्येक दिन एक भाग्यशाली विजेताले फ्लाइट टिकट खरिदमा मात्र १ रुपैयाँमा उडान टिकट प्राप्त गर्नेछन् ।

फाल्गुन १ देखि चैत्र १५ सम्म, ४५ दिनसम्म चल्ने यो अफरले प्रयोगकर्तालाई आफ्नो उडान टिकटमा बचत गर्ने अवसर प्रदान गर्नुका साथै १,३४,९९९ मूल्यको नयाँ वनप्लस ११ जित्ने अवसर पनि प्राप्त गर्नेछ ।

वनप्लस ११ हालै मात्र नेपालमा उपलब्ध भएको छ । खल्तीका सबै प्रयोगकर्ताहरूले खल्ती एप मार्फत आफ्नो उडान टिकट बुक गरी प्रयोगकर्ताहरु दैनिक १ रुपैयाँमा हुने उडानको लक्की ड्र र वानप्लस ११ को बम्पर पुरस्कारका लागि योग्य हुने खल्तीले जनाएको छ । दैनिक उडान टिकटको विजेता घोषणा खल्तीको फेसबुक पेज र ब्लगमा गरिनेछ भने बम्पर पुरस्कारको विजेता घोषणा खल्ती फेसबुक पेजमा फेसबुक लाइभ मार्फत गरिनेछ ।

यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने ‘यो फ्ल्यागशिप अफर विगतमा पनि हाम्रो सबैभन्दा ठूलो सफलता रहेको हुँदा हाम्रा सबै प्रयोगकर्ताहरूका लागि यो अफर फेरि लिएर आएका छौं । अफरसँगै प्रयोगकर्ताले खल्तीबाट फ्लाइट टिकट बुकिङ गर्दाको सहजता अनुभव गर्ने अपेक्षा राख्दछौं ।’

वि.सं.२०७९ फागुन ४ बिहीवार ०८:२६ मा प्रकाशित

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्थापना भएको दुई वर्षपछि,...

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौँ । नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल एसोसिएसन अफ टुर...