back
CTIZAN AD

व्यवसायीलाई सुरक्षाको प्रत्याभुति दिन महासंघको माग

वि.सं.२०७९ फागुन ४ बिहीवार

747 

shares

काठमाडौं । यातायात मजदुरहरूको प्रदर्शनका क्रममा सोमबार राजधानीको केन्द्र गोंगबु नयाँ बसपार्कस्थित लोत्से मलमा दिनदाहडै भएको लुटपाटको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

‘केही मिटर पर मात्र प्रहरी वृत्त हुँदाहुँदै पनि भएको यस किसिमको लुटपाटको घटनाले देशको सुरक्षा स्थिति कतिसम्म कमजोर भइसकेको छ भन्ने उदांगो भइसकेको छ ।’

महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘राज्यका समग्र सुरक्षा निकायलाई नै ठूलो चुनौती दिने गरी भएको यस किसिमको आपराधिक घटनाले निजी क्षेत्रलाई आतंकित मात्र बनाएको छैन, मुलुकको फितलो सुरक्षा अवस्थाबारे अन्तर्राष्ट्रिय समुदाय समेत जानकार हुन पुगेको छ’ विज्ञप्तिमा लेखिएको छ ।

राजनीतिक अस्थिरताबीच मुलुकको आर्थिक अवस्था पनि अत्यन्त रुग्ण रहेको वर्तमान परिस्थितिमा भएको लुटपाटको घटनाले स्वदेशमै केही गर्न चाहने उद्यमीहरूको मनोबल निकै गिरेको महासंघले जनाएको छ ।

महासंघले तोडफोड, आगजनी र लुटपाटको घटनामा संलग्नलाई तत्काल कार्वाहीको दायरामा ल्याउन माग गर्दै पीडित व्यवसायीलाई अविलम्ब उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।

राजधानीको मुटुमै भएको उक्त घटनापछि दुरदराजमा काम गरिरहेका निर्माण व्यवसायी लगायत अन्य उद्योगमा आबद्ध उद्यमी समेत आतंकित भएकाले भविष्यमा यस्ता घटनाको पुनरावृत्ति हुन नदिने गरी सबै तह तप्काका व्यवसायी, तिनका सरसामान र उपकरणको सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन महासंघले माग गरेको छ ।

वि.सं.२०७९ फागुन ४ बिहीवार ०८:३१ मा प्रकाशित

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले प्रस्तावित...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...