back
CTIZAN AD

४७ वर्षपछि ब्यूँताइयो भानुमतिमा शिवरात्रि मेला

वि.सं.२०७९ फागुन ७ आइतवार

717 

shares

खोटाङ । विसं २०३२ देखि बन्द गरिएको खोटाङको धार्मिक तथा पर्यटकीयस्थल भानुमतिमा लाग्ने शिवरात्रि मेला ब्युँताइएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने भानुमतिमा तत्कालीन जिल्ला पञ्चायत सभापति पर्शुराम राईले बन्द गराएको शिवरात्रि मेला ४७ वर्षपछि ब्युँताइएको हो ।

धार्मिक तथा पर्यटकीयस्थल भानुमतिमा शिवरात्रिको अवसरमा १५ दिनसम्म मेला लाग्ने गरेको थियो । सावापारी दिप्लुङका तत्कालीन प्रधानपञ्च पृथीबहादुर राई र सावावारी खोटाङबजारका प्रधानपञ्च श्रीप्रसाद भट्टराईबीच मेलाका विषयमा विवाद भएपछि सभापति राईले बन्द गराएको मेला फेरि शुरु गराइएको जन्तेढुङ्गा गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिए ।

सावापारीका राई र सावावारीका भट्टराईबीच मेलाको आम्दानी कसले लिने ? भन्ने विषयमा विवाद भएपछि मेला बन्द गराएको जनाइएको छ । खोटेहाङ गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकाको सिमाना भएर बग्ने सावाखोलामा रहेको भानुमतिमा मेला लगाउने विषयमा दुई गाउँपालिकाबीच समन्वय तथा सहकार्य गरेर मेला लगाइएको हो ।

“सानै हुँदा मेरो आमाले भनेको सुनेको त्यो बेला सतिप्रथा थियो रे । वरिपरिका मानिस मरेपछि त्यहीँ सद्गत गरिन्थ्यो रे, अहिले पनि घाट त्यहीँ छ । कत्ति महिला सति गएको आमाले देखिन् रे । त्यो बेला नि त्यहाँ विशाल मेला लाग्थ्यो रे”, जन्तेढुङ्गा गाउँपालिका–५ वाचिपालाका ९९ वर्षीय डम्बरसिंह राईले भने, “मैले पनि पछि मेला भरेँ । ठूलो मेला लाग्थ्यो । १५ दिनसम्म म नै त्यो मेलामा कत्ति बसेँ । त्यो बेला पुलिस थिएनन् । जुवातास खेल्ने, त्रिपासा, घुर्नी खेल खेल्ने, रक्सी खाने रनघनको बजार लाग्थियो । मेला भर्न काठमाडौँदेखि महिनौँ हिँडेर मान्छे आउथे ।”

“रक्सी खाने, झगडा र मारामार भएपछि विसं २०३२ मा पर्शुराम घोडा चडेर आएर मेला बन्द गराएको हो । त्यसपछि पनि मान्छेले टेरेनन् । पछि केही वर्ष मेला लाग्यो । अनि आफैँ बन्द भयो”, राईले भने, “म पनि जिल्ला पञ्चायतको सदस्य थिएँ । बेथिति बढेपछि म पनि मेला बन्द गराउन लागँे । अब त प्रहरी छ, बेथिति छैन । सबै पढेलेखेका छन् । फेरि मेला सुरु भएछ । खुसी लाग्यो ।”

पन्ध्र दिनसम्म लाग्ने भानुमति मेलामा छिमेकी जिल्ला सोलुखुम्बु, ओखलढुङ्गा, भोजपुर, उदयपुरलगायतका दर्शनार्थी तथा व्यापारीले मेला भर्ने गरेको भानुमति खुट्टेश्वर धार्मिक मेला आयोजक समितिको अध्यक्ष शिवप्रसाद फुँयालले बताए । जिल्लाको दक्षिणी क्षेत्र सावाखोलामा पर्ने भानुमतिमा जन्तेढुङ्गा गाउँपालिका र खोटेहाङ गाउँपालिकाले मेला सुरुवात गराएको हो ।

प्रसिद्ध धार्मिकतीर्थस्थल भानुमतिको पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाले मेलाको सुरुवात गरिएको बताएको छ । मेलाको उद्घाटन निवर्तमान सांसद तथा नेकपा एमालेका पोलिटब्यूरो सदस्य विशाल भट्टराईले गरेका छन् ।

मेला उद्घाटन कार्यक्रममा खोटेहाङ गाउँपालिकाका प्रमुख उदिमबहादुर राई, उपप्रमुख रुपेश राई, जन्तेढुङ्गा गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’, उपप्रमुख खड्काको उपस्थिति थियो । भानुमतिमा लागेको धार्मिक मेलामा भक्तजन तथा दर्शनार्थीको भीड लागेको स्थानीय बासिन्दाले बताएका छन् ।

सतिदेवीको बाँया खुट्टा पतन भएको यस स्थानमा भानुमतिमा खुट्टेश्वर महादेव उत्पन्न भइ बसेको मान्यता छ । भानुमतिमा हरेक वर्षको पुस मसान्तदेखि माघ–१ गतेसम्म मकर नुहाउँने चलन पनि छ ।

साथै भानुमति मृत शरीरको दाहसत्कार गर्ने मुख्य थलोको रुपमा रहेकाले दिवङ्गत आत्मा र आफ्ना पितृका लागि पूजाआजा लगाउने गरिन्छ । भानुमतिको दर्शन गरे रोगब्याधी नलाग्ने, सन्तान नभएकालाई सन्तान प्राप्ति हुने लगायतका जनविश्वास छ । भानुमति जिल्लाकै धार्मिक तथा पर्यटकीयस्थलकारुपमा रहेपछि सम्बन्धित निकायको ध्यान नजाँदा ओझेलमा परेको छ ।

 

वि.सं.२०७९ फागुन ७ आइतवार १२:३१ मा प्रकाशित

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...