back
CTIZAN AD

नेपाल आयल निगमले पनि इलेक्ट्रिक सवारी साधनहरु प्रयोग गर्ने

वि.सं.२०७९ फागुन ३० मंगलवार

924 

shares

काठमाडौं । बिवाइडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको नेपालको लागि आधिकारिक बिक्रेता साइमेक्स इन्क प्रालिले ३ युनिट अल–न्यु इ सिक्स गाडी नेपाल आयल निगमलाई हस्तान्तरण गरेको छ ।

बिवाइडी इलेक्ट्रिक सवारी साधनहरुको अग्रणी कम्पनीको रुपमा रहेको छ र कम्पनीले विश्वभरी ३० लाख न्यु इनर्जी भेकलको बिक्री गरिसकेको छ । नेपाल आयल निगमको दिगोपना र वातावरणीय जिम्मेवारीको अनुरुप नै अल–न्यू इ सिक्स को खरिद प्रक्रिया अगाडी बढेको हो । शुन्य उत्सर्जन र कम संचालन खर्च रहेका इ सिक्स सवारी साधनहरु धेरै नै प्रभावकारी र वातावरण मैत्री रहेको कम्पनीले जनाएको छ ।

नेपाल आयल निगमका प्रोजेक्ट र आइटी डिपार्टमेन्टका डाइरेक्टर इन्जिनियर सूरज शाहले भने, ‘दिगोपनाको लागि प्रतिबद्धता अनुरुप इलेक्ट्रिक सवारी साधनहरुमा गरिएको लगानीमा हामीलाई गर्व लागेको छ, हामी विश्वस्त छौं कि इलेक्ट्रिक सवारी साधनहरु यातायातको भविष्य हुन् र आउने दिनहरूमा हाम्रा सवारी साधनहरुलाई इलेक्ट्रिकमा रूपान्तरित गर्ने अवसरहरुको खोजीमा छौं ।’

साइमेक्स इन्क प्रा. लि. का प्रबन्ध निर्देशक यमुना श्रेष्ठका अनुसार बिवाइडीका इभिएस नेपाल आयल निगमद्वारा खरिद गर्नुलाई देशको पेट्रोलियम पदार्थ माथिको निर्भरता घटाउने र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न महत्वपूर्ण कदमको रुपमा लिने बताएकी थिइन् । ‘हामीलाई आशा छ कि यो सहकार्यले नेपालमा इलेक्ट्रिक सवारी साधनहरुको व्यापक प्रयोगको लागि उत्प्रेरकको रुपमा काम गर्नेछ र हरित सफा भविष्यको लागि योगदान दिनेछ’, उनले भनिन् ।

अल न्यू इ सिक्स नेपालमा सबैभन्दा लामो रेन्ज भएको इभी हो जसको सिंगल चार्जमा ५२२ कि.मि. सम्म यात्रा गर्न सकिन्छ । यसमा स्टेट अफ द आर्ट ब्लेड ब्याट्री टेक्नोलोजी रहेको छ, जसले सुरक्षा, भरपर्दो, परफरमेन्स र पावर डेन्सिटीमा नयाँ बेन्चमार्क सेट गरेको छ । अल न्यू इ सिक्स विश्वको पहिलो इलेक्ट्रिक सवारी साधन हो जसमा बोस कम्पनी को आइपीबी इन्टीलिजेन्ट इन्टिग्रेटेड ब्रेक कन्ट्रोल सिस्टम जडित गरिएको छ ।

 

वि.सं.२०७९ फागुन ३० मंगलवार ०८:४८ मा प्रकाशित

६ महिनादेखि तलब जम्मा नभएका खाताको बीमा सुविधा निष्क्रिय हुने मञ्जुश्री फाइनान्सको जानकारी

६ महिनादेखि तलब जम्मा नभएका खाताको बीमा सुविधा निष्क्रिय हुने मञ्जुश्री फाइनान्सको जानकारी

काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेडले ‘मञ्जुश्री तलब बचत खाता’ सञ्चालन गरिरहेका...

सुनचाँदीको मूल्य वृद्धि,प्रतितोला कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य वृद्धि,प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता

सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता

काठमाडौँ । अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्तपीडित...