Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

नेपाल आयल निगमले पनि इलेक्ट्रिक सवारी साधनहरु प्रयोग गर्ने



काठमाडौं । बिवाइडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको नेपालको लागि आधिकारिक बिक्रेता साइमेक्स इन्क प्रालिले ३ युनिट अल–न्यु इ सिक्स गाडी नेपाल आयल निगमलाई हस्तान्तरण गरेको छ ।

बिवाइडी इलेक्ट्रिक सवारी साधनहरुको अग्रणी कम्पनीको रुपमा रहेको छ र कम्पनीले विश्वभरी ३० लाख न्यु इनर्जी भेकलको बिक्री गरिसकेको छ । नेपाल आयल निगमको दिगोपना र वातावरणीय जिम्मेवारीको अनुरुप नै अल–न्यू इ सिक्स को खरिद प्रक्रिया अगाडी बढेको हो । शुन्य उत्सर्जन र कम संचालन खर्च रहेका इ सिक्स सवारी साधनहरु धेरै नै प्रभावकारी र वातावरण मैत्री रहेको कम्पनीले जनाएको छ ।

नेपाल आयल निगमका प्रोजेक्ट र आइटी डिपार्टमेन्टका डाइरेक्टर इन्जिनियर सूरज शाहले भने, ‘दिगोपनाको लागि प्रतिबद्धता अनुरुप इलेक्ट्रिक सवारी साधनहरुमा गरिएको लगानीमा हामीलाई गर्व लागेको छ, हामी विश्वस्त छौं कि इलेक्ट्रिक सवारी साधनहरु यातायातको भविष्य हुन् र आउने दिनहरूमा हाम्रा सवारी साधनहरुलाई इलेक्ट्रिकमा रूपान्तरित गर्ने अवसरहरुको खोजीमा छौं ।’

साइमेक्स इन्क प्रा. लि. का प्रबन्ध निर्देशक यमुना श्रेष्ठका अनुसार बिवाइडीका इभिएस नेपाल आयल निगमद्वारा खरिद गर्नुलाई देशको पेट्रोलियम पदार्थ माथिको निर्भरता घटाउने र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न महत्वपूर्ण कदमको रुपमा लिने बताएकी थिइन् । ‘हामीलाई आशा छ कि यो सहकार्यले नेपालमा इलेक्ट्रिक सवारी साधनहरुको व्यापक प्रयोगको लागि उत्प्रेरकको रुपमा काम गर्नेछ र हरित सफा भविष्यको लागि योगदान दिनेछ’, उनले भनिन् ।

अल न्यू इ सिक्स नेपालमा सबैभन्दा लामो रेन्ज भएको इभी हो जसको सिंगल चार्जमा ५२२ कि.मि. सम्म यात्रा गर्न सकिन्छ । यसमा स्टेट अफ द आर्ट ब्लेड ब्याट्री टेक्नोलोजी रहेको छ, जसले सुरक्षा, भरपर्दो, परफरमेन्स र पावर डेन्सिटीमा नयाँ बेन्चमार्क सेट गरेको छ । अल न्यू इ सिक्स विश्वको पहिलो इलेक्ट्रिक सवारी साधन हो जसमा बोस कम्पनी को आइपीबी इन्टीलिजेन्ट इन्टिग्रेटेड ब्रेक कन्ट्रोल सिस्टम जडित गरिएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम