
मलाइ लाग्छ, जीवनमा सवैसँग केहि न केहि क्षमता हुन्छ नै । कोहि आफ्नो क्षमता आंफै चिन्ने र अगाडी वढ्ने गर्छन् । जस्तो गीत गाउने कला । गीत गाउनका लागि जन्मजात नै क्षमता चाहिन्छ । मैंले यस्लाइ प्रकृति प्रदत्त क्षमता भन्छु । कसैले भगवानले दिएको क्षमता/ प्रसाद भन्छन् । प्रकृतिले दिएको क्षमतालाइ अलिकति माझ्नें हो भने त्यो विछट्टै राम्रो हुनेरहेछ ।
अहिले म सँगको संगतमा एकजना १८/१९ वर्षको वहिनी हुनुहुन्छ । उहां कलर अर्थात रंग हरुसँग अति नै रमाउनु हुन्छ । सिमीत स्रोत र साधन भैकन पनि उहांँले साह्रै राम्रो पेन्टिंग गर्नुहुन्छ । त्यो उहांसँग भएको जन्मजात क्षमता हो । उहां वहिनीलाइ मैंले, संभव भो भने ललितकला क्याम्पस जोइन गर्नुस् अथवा अग्रजहरुसँग केहि तालिम लिनुस् है भनेर वारम्वार झक्झकाइरहन्छु ।
एकजना २०/२१ वर्षको म्याम हुनुहुन्छ । उहांको पनि असाध्यै राम्रो स्वर छ । मेरो वच्चालाइ केहि समय उहांहरुसँग होम ट्युसनमा राखेकी थिएं । स्कुल पनि पढाउने, नाँच्ने र गीत गाउने अदभूत कला छ उहांसँग । साह्रै लोभ लाग्छ । तर मैंले उहाँलाइ सहयोग गर्न सकेको छैन । उहाँंलाइ निस्वार्थ सहयोग गर्न सक्ने कोहि व्यक्ति र संस्था भेटे उहाँलाइ लैजानु छ । उहाँको त्यो प्रतिभा देख्दा लोभ लाग्छ । मसंग पनि किन त्यस्तो क्षमता भएन होला भनेर कहिलेकाहिं म आंफैसँग प्रश्न गर्छु ।
मसँग के क्षमता थियो र छ भन्ने कुरा आजसम्म मलाइ थाहा छैन । तर म के काम र कुरा गर्दा खुसी हुन्छु भन्ने चाहिं थाहा छ । अहिले ति मेरा तमाम खुसी र मेरो जीवनको तालमेल पटक्कै मिल्दैन । मलाइ त्यस्मा रमाउने छुट पनि छैन । किन कि, मलाइ यो संसारमा वाँच्न र जीउनका लागि, कुन तालिम लियो भने र कुन विषय लिएर पढें भने म बजारमा सहज पहुँच पुर्याउन सक्छु ? अन्तराष्ट्रमा पुग्न सक्छु ? कसरी पैसा कमाउन सक्छु ? अहिले मलाइ त्यसरी सोंच्नुको विकल्प छैन । त्यो गरिरहँदा कहिलेकाहिं मनमा एक थोपा सन्तुष्टि आउँदैन । तर गर्नैपर्ने वाध्यता छ ।
अहिले एक तमासले सोचिंरहन्छु । यो संसारमा लेखक भएर पनि अथाहा सम्पति कमाएका व्यक्ति टन्नै छन् । वोलेरै कमाएका, पढाएर कमाएका, पेन्टिंग गरेर, नाचेर, गीत गाएर, पत्रकारिता मात्रै गरेर, कमेडी मात्रै गरेर वांचेका कति छन् कति । कोहि व्यक्तिले जीवनभरी नै कृषि अर्थात् खेती किसानी गर्दा मात्रै पनि सहज जीवन बाँचिरहेका छन् । कोहि जनावर संरक्षण, कोहि पर्यावरण जोगाउन सर्वस्व त्यागेर हिंडेका छन् । कोहि मानविय सेवामा आफ्नो जीवन नै समर्पण गरेका छन् । उनिहरुले जे गरेका छन् साह्रै रमाएर गरेका छन् । जुन काम गर्दा उनिहरु भित्रै देखि रमाएका छन् । मलाइ लाग्छ त्यो नै प्रकतिले दिएको क्षमता हो ।
कुरा गरौं जो जहिल्यै अस्थिर हुनेहरुको । यो परिस्थती त्यसै आउने होइन । हाम्रो पारिवारीक, सामाजीक र आर्थिक कारण हुंदा रहेछन् यस्तो हुनुमा । कोहि वच्चा कुनै पनि खेल खेल्नमा माहिर छ भने र त्यसमा रमाइरहेको छ भने, हाम्रा अभिभावकले त्यसलाइ अगाडी वढ्न दिंदैनन् । पढाइ र भविष्यसँग जोडेर त्यो वच्चाको खेल्ने चाहाना विचमै निमोठी दिन्छन् । त्यो वच्चा भविष्यमा अरु कुनै क्षेत्रमा काम गरेपनि, कहिं न कहिं उस्को मन खेल क्षेत्रमा जान खोजिरहने, मन चंचल भैरहने रहेछ । यो प्रतिनिधी उदाहरण हो ।
कसैलाइ वच्चैवाट समाजमा भैरहेका चालचलनका, संस्कारका कुरुति प्रति, वेथिती प्रति वोल्नै पर्ने, प्रतिकार गर्नैपर्ने रहेछ । मसँग यो स्वभाव वच्चैवाट थियो । मलाइ समाचार सुनिरहनु पर्ने, केहि लेख्नु पर्ने र पढिरहनु पर्ने थियो । मलाइ राजनैतिक विषयमा खुव वहस गर्न मनपर्ने । राजनैतिक विषयमा कसैसँग वोल्दा, कुरा गर्दा मैंले मेरो दाइवाट धेरैपटक कुटाइ नै खाएकी छु । साहित्यीक कार्यक्रममा जाँदा परिवारमा रंडाको मच्चिएको र कुटाइ खाएको कुरा कति छन् कति ।
मैंले कुनै समय जानी नजानी गजल लेख्थें । कार्यक्रमहरुमा जान नपाएपछि र दाइले सँधै निरुत्साहित गरेको हो कि, भन्ने महसुस भएपछि रिसको झोंकमा मैंले लेखेका, गजल, कविता, गीत र केहि लेखहरुलाइ मैंले २०/२२ वर्षको उमेरमा एउटा पानी भरिएको वाल्टीमा खन्याइदिएं । तिनीहरुलाइ (कापीहरु) कच्याक कुचुक पार्दै च्यातें । रिस पोखें । धेरै वेरसम्म रोएं । अनि कसम खाएं । अव कहिल्यै लेख्दिनँ भनेर । त्यो वेला यसो गर्नु मेरो दाइको दायित्व थियो कि जस्तो लाग्छ । किनकी त्यतिबेला छोरीहरु साहित्यमा र राजनीतिमा लाग्दा पहिलो कुरा समाजले नराम्रो भन्ला कि ? दोस्रो चाहिं कसैले प्रयोग गर्ला कि भन्ने चिन्ताले पनि हुनसक्छ । अर्को मेरो साखा सन्तानमा छोरी मान्छेले यसरी राजनीति र साहित्यप्रति चासो नदेखाएकोले पनि दाइलाइ त्यो सहन गर्न गाह्रो भएको पनि हुन सक्छ ।
मैंले संभव भो भने डायरी अर्थात दैनिकी पनि लेख्थें । ति पनि त्यहि वाल्टीमा स्वाहा पारें । पाल्पाको मुक्तिनाथ एफएमको युवा कार्यक्रममा मैंले कुनैवेला दाइजो विरोधी लेख पठाएकी थिएं । त्यो वेला मैंले कति राम्रो लेख हो भनेर प्रसंसा सहित ३०÷४० वटा पत्र पाएकी थिएं । मैंले मुक्तिनाथ एफएममा गजल र लेखहरु पठाएर थुप्रै पुरस्कार पनि जितेकी थिएं । कति पाल्पा गएको वेला ल्याएं भने कति उतै छोडीए । ति सवै पुरस्कारहरु सहित मैंले पानीमा डुवाएकी हुँ । त्यसको ३÷४ महिनापछि सम्म राजनीति र साहित्यिक कार्यक्रमा मैंले पाइला नै टेकिनँ । तर मन न हो फेरि विस्तारै चलायमान भए । तर त्यो जांगर मेरो फेरि पाँच प्रतिशत भन्दा वढेन ।
जिन्दगीमा त्यसपछि थुप्रै उतार चढाव आए । आउँदैछन् । म परदेश गएं । फेसवुकका भित्तामा भएपनि उफ्रेर भएपनि मन सन्तुष्टि पार्थें । कहिलेकाहिं अनलाइनमा फाट्टफुट्ट लेख आउँथे । केहि पनि कुरा फुल्न र फक्रिन पारिवारीक वातावरण ठ्याक्कै आंफु अनुकुल हुनुपर्ने रहेछ । हौसला चाहिने रहेछ । करेक्सन गर्ने, अझै अगाडी वढ्न प्रेरित गर्ने मान्छे चाहिने रहेछ । म सुस्ताएको वेला ‘तिम्रो यो लेख्ने पाटो नविर्स है’ भन्ने मान्छे चाहिने थियो । म ठ्याक्कै उल्टो ढुंग्रोमा परें ।
जीवन हो । निरन्तर चलिरहन्छ । मान्छे हुं । कहिलेकाहिं सोंचेजस्तो, भनेजस्तो नहुंदा, कहिलेकाहि मन चरम निरासमा जान्छ । तर फेरि आंफैले आंफैलाइ चिमोट्छु र भन्छु , यो त मानविय स्वभाव हो । म सँग सकारात्मक कुराहरु कति छन् कति !
मैंले पछिल्लो समय योगा टिचर्स ट्रेनिंग लिएर योग सिकाउने हतियार प्राप्त गरिसकेकि छु । यता एनएलपि (न्यूरो भाषिक प्रोग्रामिङ्ग) ट्रेनिंग पनि लिइसकेकी छु । जुन विशुद्ध साइकोलोजी सम्वन्धी ट्रेनिंग हो । त्यस्को एडभान्स ट्रेनिंगको लागि फेरि म तयारी गर्दैछु ।
मेरो नजिकका, चिन्जानका साथीभाइ इष्टमित्रहरु, दाजुभाइ तथा दिदी वहिनीहरु, अहिले म विस्तारै साइकोलोजीको क्षेत्रमा विस्तारै सक्रिय हुन खोज्दैछु । विशेष गरी पछिल्लो समय साना नानी तथा किशोरीहरुले सामाजिक र मानसिक रुपमा झेलिरहेका समस्याहरुको चुरो कुरो वुझ्ने र समस्या परेकालाइ काउन्सेलिग पनि गर्ने प्रयास गरेकि छु । म अहिले व्यावसायिक रुपमा यसैमा लाग्न परिस्थिती वनिसेको छैन । भविष्यमा के हुन्छ हेर्दै जाउँ । त्यसका लागि पढ्नु पर्ने, गर्नुपर्ने होमवर्कहरु धेरै छन् ।
कुनै पनि किशोरी तथा छोरीहरुले कसैवाट पनि अनावश्यक रुपमा टर्चर भोगेर पढाइ नविगारुन, विक्षिप्त जीवन बाँच्न नपरोस् र आत्महत्या सम्म पुग्न नपरोस्, भन्ने मेरो सोंचाइ हो । केहि प्रयासहरु सफल भए र हुंदैछन् पनि ।
अन्त्यमा आफ्ना छोराछोरीको जन्मजात क्षमता के हो परिवारले चिनौं र तिनीहरुलाइ त्यसैमा करियर वनाउन दिउँ । अर्को कुरा छोराछोरीहरु भर्खर किशोर किशोरी हुंदैछन् भने उनीहरुको जीवनमा र मनमा के हुंदैछ र चल्दैछ वुझ्ने कोसिष गरौं ।