
काठमाडौं । निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्पले बिक्री गर्दै आएको गाडीमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ ।
बैंक र पायोनियर बीच भएको सम्झौता अनुसार अब निसानका गाडी खरिद गर्ने ग्राहकहरुले एभरेष्ट बैंकबाट सहजै कर्जा लिन सक्नेछन् ।
दुई संस्थाबीच भएको सम्झौता पत्रमा बैंकको तर्फबाट कर्पोरेट हेड हरिशकुमार आचार्य र पायोनियर मोटो कर्प प्रालिको तर्फबाट सहमहाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि निसानले उत्पादन गरेका गाडीहरुमा खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने जारी विज्ञप्तिमा उल्लेख छ ।
यो सहयोगले निसानबाट गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई सुलभ र सहज वित्तीय सेवाहरू प्रदान गर्न लक्ष्य राखेको छ । सम्झौताको अनुसार, योजना सबै एभरेष्ट बैंकका सबै शाखाहरूबाट ग्राहकहरूलाई गाडीको लागि सुलभ ऋण सुविधाहरू सजिलो उपलब्ध हुनेछ ।