back
CTIZAN AD

प्रदेश र स्थानीय तहले पाउने वित्तीय समानिकरण अनुदान घटाउन आयोगको सिफारिस

वि.सं.२०७९ चैत ३ शुक्रवार

1.3K 

shares

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहहरुले पाउने वित्तीय समानीकरण अनुदानको विवरण सिफारिस गरेको छ ।

आगामी आर्थिक वर्ष (आव)मा निःशर्त अनुदानका रुपमा प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान रकम १ खर्ब ४६ अर्ब २ करोड ४ लाख रुपैयाँ हुने आयोगले सिफारिस गरेको छ ।

जुन चालु आवमा गरिएको सिफारिसको तुलनामा १५ अर्ब रुपैयाँ कम हो । चालु आवमा भने आयोगलेवित्तीय समानीकरण अनुदानमार्फत १ खर्ब ६१ अर्ब ६६ करोड रुपैयाँ प्रदेश र स्थानीय सरकारमा जाने गरी सिफारिस गरेको थियो ।

आयोगले प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको फरकबाट सिर्जना हुने वित्तीय अन्तर घटाई सन्तुलन कायम गर्ने उद्देश्यका साथ वित्तीय समानीकरण सिफारिस गर्ने गरेको हो । आयोगका अनुसार यस वर्ष सरकारको समग्र बजेटको सिलिङ नै गत आवको तुलनामा कम भएका कारण तल्लो सरकारमा जाने रकम समेत कम हुने भएको हो । आयोगको सिफारिस अनुसार ७ वटा प्रदेशले ५८ अर्ब ६६ करोड ७५ लाख रुपैयाँ र स्थानीय तहले ८७ अर्ब ३५ करोड २९ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान पाउनेछन् ।

आयोगले वित्तीय समानीकरण अनुदान सिफारिस गर्न तीनवटा आधार लिएको छ । जसमध्ये न्यूनतम वित्तीय समानीकरण अनुदान, शुत्र र कार्य सम्पादन मूल्यांकन रहेका छन् । न्यूनतम वित्तीय समानीकरण अनुदानका आधारमा सिफारिस गर्दा आयोगले प्रदेशमा जनसंख्या र क्षेत्रफललाई ५०/५० प्रतिशत भार दिई न्यूनतम रकम सिफारिस गरेको हो । स्थानीय तहको हकमा भने जनसंख्यालाई मूख्य आधार बनाइएको छ ।

सुत्रका आधारमा समानीकरण अनुदान दिँदा आयोगले मानव विकास सूचकांक, आर्थिक सामाजिक असमानता, पूर्वाधारको अवस्था, राजस्वको अवस्था र खर्चको आवश्यकता तथा राजस्व उठाउन सक्ने क्षमता गरी ५ वटा शीर्षकलाई आधार मानेर मूल्यांकन गरिएको छ । त्यस्तै, कार्य सम्पादन मूल्यांकनको आधारमा प्रदेश र स्थानीय तहलाई बजेट सिफारिस गर्दा आयोगले समयमै बजेट ल्याए नल्याएकोदेखि कार्यान्वयनको अवस्था सम्म हेर्ने गर्छ ।

वि.सं.२०७९ चैत ३ शुक्रवार ०८:०९ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...